इटहरीमा चोक आसपास बन्ने भए तिनवटा सार्वजनिक शौचालय  

  • २१ भाद्र २०७९, मंगलवार

इटहरीमा तीनवटा सार्वजनिक शौचालय निर्माण हुने भएका छन्  ।

३५ लाखको लागतमा उपभोक्ता समिति मार्फत शौचालय निर्माण गर्न लागिएको हो । शौचालय निर्माणका लागि व्यवसायी ईश्वरी पराजुलीको अध्यक्षतामा उपभोक्ता समिति गठन भइसकेको छ ।

इटहरी उपमहानगर पालिकाका मेयर हेमकर्ण पौडेलले इटहरी चोकको रेयुकाई चौतारीमा सार्वजनिक शौचालयको शिलान्यास गरेका छन् ।

निर्माण हुन लागेको शौचालय वालमैत्री र अपाङ्गमैत्री हुनेछ । शौचालय निर्माणपछि इटहरी बजार आउने आगन्तुक, यात्रु लगायत हजारौं मानिसहरु लाभान्वित हुनेछन् ।

त्यस्तै इटहरी चोकदेखि पश्चिमपट्टी विशाल बजार भित्र रहेको शौचालयलाई पनि सार्वजनिक शौचालय बनाइने भएको छ । इटहरी वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोखरेलले केही दिनमै सो शौचालय सार्वजनिक शौचालयको रूपमा खुला गरिने बताए ।

त्यसैगरी पूर्व लाइनको जुट विकास चोक आसपास पनि निकट भविष्यमै नयाँ शौचालय निर्माण गर्ने योजना रहेको इटहरी नगरपालिकाले जनाएको छ ।