तीजको मौलिक गीत ‘छोरी भ’र जन्मनु’ को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

  • १९ श्रावण २०८१, शनिबार



पाँच सातवटी छोरी भएपनि छोरा नजन्मेसम्म बच्चा जन्माई रहने र बशं धान्न छोरो चाहीने एक रुढीबादी परम्परा विरुद्ध सचेतना जगाउने तीज गीत “छोरी भ’र जन्मनु” को कथानक  म्युजिक भिडियो सार्वजनिक भएको छ ।

छोरी भएर जन्मनु कुन जुनीको पाप हो भन्दै सुरु हुने कथा छोरी र बुहारी बिच भिन्नता देख्न नहुने, नारी सबै एकै हुन भन्ने सन्देश मूलक कथामा सहित समावेश गरिएको छ । भाग दुई बनाउने लक्ष्य सहित भिडियोको अन्त्यमा माइतीको आगनीमा नाच्दै आफ्नो पिडा सुनाउँदै गरेकी बुहारी एक्कासि बेहोस हुँदै ढल्छिन् ।

सात वटी छोरी मध्य स्यानी कान्छी छोरीको विवाह एक जडीयॉ अबुझ केटासँग हुन्छ । ती स्यानी कान्छीको कर्मले पोइ मात्र हैन सासू पनि निकै रुखो स्वभाव र दुर्जन व्यवहारको पाउँछिन् । शुक्रवार बाबा ईन्टरटेनमेन्ट टिभी च्यानलबाट सार्वजनिक गरिएको तिज गीत “छोरी भ’र जन्मनु” मा उक्त कथा सहितको भिडियो समावेश छ ।

उक्त गीतका शब्द र गीत म्याग्दीमा जन्मिएर कतारलाई कर्मथलो बनाउदै आएका सञ्चारकर्मी तथा गीतसङ्गीत व्यवसायी तिलु शर्मा पौडेल र पर्वतमा जन्मिएर क्यानडालाई कर्मथलो बनाउदै आएका गायक तथा सर्जक प्रवेश पौडेलले मिलेर सङ्कलन गरेका हुन । पछिल्लो समयकी व्यस्त तथा सफल गायिका शान्ति श्री परियारले आवाज भरेको उक्त गीतको संगीत संयोजन याम थापा मगरले गरेका हुन ।

बुहारीका रूपमा स्मारिका ढकालको केन्द्रीय भूमिका रहेको गीतको भिडियोमा अंशु थापा महर्जनले सासूको भूमिकामा अभिनय गरेकी छिन । सन्ध्या अर्यालले जेठी छोरी (नर्स) र वर्षा लम्सालले कलेज पढ्दै गरेकी कान्छी छोरीको भूमिका निभाएकी छिन । पछिल्लो समयका अति व्यस्त निर्देशक प्रवीण थापाको कथा तथा क्रोरियोग्राफीमा तयार भएको भिडियोलाई अजय रेग्मीले खिचेका हुन भने अमृत चॉपागाईले सम्पादन गरेका छन् ।

सरल र आकर्षक भिडियोमा केही सस्पेन्स क्रियट गर्दै अन्त्यमा टु बि कन्टीन्युमा लगेर कथा तथा भिडियोको समापन गरेका छन् ।