पब्लिक कम्पनीमा रुपान्तरण भो नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल

  • ३ कार्तिक २०८१, शनिबार

विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल पब्लिक कम्पनीमा रुपान्तरण भएको छ ।

यसअघि प्राइभेट लिमिटेड कम्पनीका रुपमा चल्दै उक्त कलेज नयाँ संरचनासहित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल पब्लिक लिमिटेड कम्पनी बनेको हो ।

चिकित्साा शिक्षा अध्यापन गराउने नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल अब पब्लिक लिमिटेडमा परिवर्तन भएको चिकित्सा शिक्षा आयोगले जनाएको छ ।

यसअघि प्रा.लि. रहेको कम्पनी पब्लिक कम्पनी भएसँगै परिवर्तित नाम कम्पनी रजिष्ट्रारको कार्यालय र विश्वविद्यालयबाट समेत स्वीकृत भइसकेको नोबेल  हस्पिटल प्रशासनले जनाएको छ ।

पक्लिक कम्पनी बनेसँगै अब नोबेल मेडिकल कलेजलाई सर्वसाधारण नागरिकमा आईपीओ निष्काशनको बाटो खुलेको छ ।