आयोजकसहित लेटाङ, चुलाचुली र रोयल तेश्रो उधौली कपको सेमीफाइनलमा

  • ३ पुष २०८१, बुधबार

तेश्रो उधौली कप फुटबल प्रतियोगिताका क्वाटर फाइनलका खेलहरु सम्पन्न भएका छन् ।
बुधबार भएको चौथो खेलमा डिफेन्डिङ च्याम्पियन रोयल स्र्पोटिङ क्लव दमकले भाउन्ने युथ क्लव बेलबारीलाइ ३–१ गोले पराजित गर्दै सेमीफाईनमा पुगेपछि पहिलो चरणका खेलहरु सम्पन्न भएका हुन् । मंगलबार तेश्रो क्वाटरफइनल खेलमा पटनाली फुटबल क्लव धरानलाई ट्राई ब्रेकर मा पराजित गर्दै चुलाचुली फुटबल क्लब दमक सेमीफाईनमा प्रवेश गरेको थियो ।
बुधबारको अन्तिम क्वाटरफाइनल खेलको म्यान अफ द म्याच रोयल स्र्पोटिङ क्लवका किस्मत लिम्बू घोषित भए । खेलमा उनले २ गोल गरेका थिए ।
आइतबारदेखि शुरु भएको खेलमा प्रतियोगितामा एपीएफलाई पराजित गर्दै लेटाङ र गोल्डेन स्टार दुहबीलाइ पराजित गर्दै आयोजक कुसुमे साइनिङ क्लब सेमिफाइनलमा पुगिसकेका छन् । बिहिबारको पहिलो सेमीफाइनल खेल लेटाङ फुटबल क्लव र चुलाचुली फुटबल क्लवबिच हुनेछ भने शुक्रबार दोश्रो सेमिफाइनल खेल आयोजक कुसुमे साइनिङ क्लव र रोयल स्र्पोटिङ क्लव दमकबिच हुनेछ ।
प्रतियोगितामा एपीएफ पकली, लेटाङ फुटबल क्लव, पटनाली फुटबल क्लव (धरान), चुलाचुली फुटबल क्लव (झापा), गोल्डेन स्टार क्लव (दुहबी), कुसुमे साइनिङ क्लव, रोयल स्र्पोटिङ क्लव, दमक र भाउन्ने युथ क्लव गरी मोरङ, सुनसरी र झापाका ८ टीम सहभागी छन् ।
प्रतियोगिताका लागि केराबारी गाउँपालिका मुख्य सहयोगी, देवीझोडा सामुदायिक वन मुख्य प्रायोजक , सीजी ग्रुप प्रायोजक छन् ।
प्रतियोगितामा प्रथम हुने टीमले ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र र दोस्रो हुने टीमले ४१ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजक कुसुमे साइनिङ क्लबका अध्यक्ष भक्तशेर लिम्बूले बताए । कुसुमे साइनिङ क्लबले बिगत तीन बर्षदेखि उधौली पर्वको अबसरमा प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताबाट ४ लाख ५० हजार आम्दानी र ४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको फाइनल खेल पौष ६ गते हुनेछ ।