पाराङ्हाबाट सात बर्षमा ७ सयभन्दा बढीले कोरियन भाषा परिक्षा पास गरिसकेका छन्

कर्ण राइ (निर्देशक) ,पाराङ्हा कोरियन भाषा केन्द्र, बेलबारी

  • ४ भाद्र २०७५, सोमबार

तपाइले कोरियन भाषा केन्द्र सञ्चालन गर्नुभएको कति बर्ष भयो ?
मैले सन् २०११ बाट कोरियन भाषा काक्षा सञ्चालन गरेको हो । म त्यतिबेल घरमा नै ट्युसनको रुपमा पढाउँथें । स्थापित भएर सञ्चालन गरेको भनेको सन् २०१६ देखि हो ।

यस भाषा केन्द्रबाट हालसम्म कति विद्यार्थी पास गराइ सक्नु भयो ?
ठ्याक्कै त भन्न गाह्रो हुन्छ होला, अहिलेसम्म हामीले जम्मा ७ सय विद्यार्थी पास ग¥यौ होला । त्यसमा ५ सय कोरिया गइसके । योे अनुमानित कुरा हो, डाटामा हेर्दा पनि सत प्रतिशत नभएतापनि ९९ प्रतिशत सत्य हो ।

दिन चर्या कसरी बिताइ रहनु भएको छ ?
अहिले इ.पि.एस कक्षा नयाँ सेसन सुरु हुन लागेको छ । कक्षा सञ्चलनका लागि विज्ञापन, पाठ्यपुस्तकको तयारी साथै पुरानो ब्याकरणहरुलाई नयाँ संस्करणमा परिमार्जित गरि त्यसैमा लागिपरि रहेको छु । अहिले २/३ वटा कक्षा सञ्चलन भैरहेको छ यहि काममा ब्यस्त नै छु ।
पाराङ्हा कोरियन भाषा केन्द्रमा कुन कुन भाषा पढाई हुन्छ ?
हाम्रो पाराङ्हा कोरियन भाषा केन्द्रमा बिशेष गरि कोरियन भाषा मात्र पढाइ हुन्छ । यसमा थप जापानिज भाषा पनि हुन्छ र अहिले चाहि जापानिज भाषाको कक्षामा विद्यार्थी कम नै छन् । यस भाषा केन्द्र बिशेष कोरियन भाषाको लागि नै हो ।
हाम्रो अहिले ३ वटा कक्षा सञ्चालन भइरहेको छ । पछि स्पेशल कक्षा र नर्मल कक्षा गरी जम्मा ७/८ वटा कक्षा सञ्चालन हुन्छ ।

यस भाषा केन्द्र बेलबारीमा मात्र हो कि अन्य शाखा पनि छन् ?
शाखा भन्दा पनि हामी गु्रप मिलेर खोलेका छौं । हामीले सहकार्य गरेर पारङ्हा भाषा केन्द्रको नाममा शाखा खोलेका छौं । जस्तै बेलबारीमा म आफैंले सञ्चलन गरिरहेको छु, धरानमा प्रदिप गुरुङ भाइले चलाइरहनु भएको छ, पथरीमा याकुब राई सरले चलाइरहनु भएको छ र बिर्तामोडमा मिलन सरले चलाइरहनु भएको छ । वहाँहरुलाई पढाउन सहयोग गर्न नभ्याए पनि टेक्निकल सपोर्ट चाहीं गर्छु ।

कोरिया जाने विद्यार्थीले भाषा सिक्न जरुरी हो कि सिप सिक्न जरुरी हो, तपाई केमा फोकस गराउनु हुन्छ ?

कोरिया जाने विद्यार्थीले भाषा पनि सिक्नु जरुरी छ र सिप पनि सिक्नु जरुरी छ । दुबै कुरा महत्वपूर्ण छ । म पनि कोरिया ७ बर्ष बसेको हो र यहाँको सिप त्यहाँ खासै महत्वपूर्ण हुँदैन तर भाषा चाहि अति आवश्यक छ । सूचनाहरु आदान प्रदान गराउँदा, काम गराउँदा बुझ्नु प¥र्याे अनि अलि दह्रो र काम गर्दा टिकाउ क्षमताको भयो भने काम गर्दा सहयोग हुन्छ । त्यसैले म भाषामा नै फोकस गराउँछु ।

तपाइको ७ बर्ष कोरिया बसाइको अनुभब बताइदिनुहोस् न ?

दक्षिण कोरिया भनेको एकदम अनुसाशन भएको देश हो । कोरियामा एउटा चेन अफ कमाण्ड भन्ने संस्कार छ । यहाँ हाम्रो आर्मी, पुलिसमा नियम कडा भए जस्तो पहिला कोरियामा देशको सम्पूर्ण पुरुषहरुले ३ बर्ष आर्मी ट्रेनिङ लिनु पथ्र्यो । त्यही कारणले ठूला मान्छेहरुले केही कुरा भनेका सीरोधार्य नै गरेर मान्नु पर्ने त्यस्तो अनुशासन छ । त्यहाँ चाहीं अनुशासन एकदमै हुनु पर्छ । ठूला मान्छेले भनेको मान्न र काममा साह्रो गाह्रो चाहीं पचाउनु पर्छ नभए त्यहाँ गाह्रो छ ।

मान्छे डिप्रेशनमा परेका छन्, काहीं झुन्डिएर मरेका छन् । कोही फर्केर आएका छन् । त्यो चाहीं के भको भनें नयाँ जेनेरेसनका भाइ बहिनीहरुले पढेर पास गरिरहेका छन् । घरमा सुःख– दुःख भोगेको छैनन् । मानसिक रुपमा ती कुराहरुमा तयार भएको छैनन् । यस्ता विद्यार्थीहरुलाइ गाह्रो हुन्छ । कोरिया कम्पनी र कामलाई पुज्ने देश हो । काम गर्नुभयो भने टिक्नु हुन्छ । मानसिक रुपमा र शारिरिक रुपमा सक्छु भनेर जानु भयो भनें गाह्रो छैन । नयाँ ठाउँ नयाँ काम सुरुमा अलिकति घुलमिल हुन त गाह्रो भइहाल्छ नै । हामीलाई नै पहिला त्यहाँ बस्दा गाह्रो भयो । अहिलेको जेनेरेसनलाई त अलि गाह्रो त भइहाल्छ नि तर पहिला नै शिक्षक र अभिभावकले कोरियन भाषा पढ्ने विद्यार्थीलाई जानकारी गराउनु पर्दछ ।
यही पेशा रोज्नुको कारण के होला ?
पहिला बेलबारीमा भाषा केन्द्र थिएन । समयको माग अनुसार भाइ बहिनीहरुले हामीलाई जान गाह्रो भयो तपाईले पढाइदिनु प¥र्याे भने र त्यति बेला घरमा ट्युसनको रुपमा सिकाउथें । त्यतिकैमा सिस्टम बस्यो र अहिले पनि कोरियन भाषा पढाउन गाह्रौ छ । शिक्षक नै पाउन गाह्रो छ, त्यति बेला त झन् कोरियन शिक्षक भेटाउन सियो खोजेको जस्तो हुन्थ्यो । पहिला कोरियामा बसेको अनुभबले घरमै ट्युसन पढाए र अहिले त्यही नै व्यवसाय भयो र जीवन धान्ने माध्यम बनेको छ ।

विदेश पलायन भैरहेका युवाहरुलाई के सुझाव दिनुहुन्छ ?
वैदेशिक रोजगारमा जानु हाम्रो बाध्यता हो । हुनत मान्छेले यही गरी खाइन्छ भन्छन् तर त्यो अवस्था छैन । यहाँको रोजगारीले सबैलाई धान्ने अवस्था छैन । लगभग नेपालका ६० प्रतिशत युवाहरु बाहिर देशमा पसिना बगाएर पैसा कमाइरहेका छन् । त्यो नराम्रो कुरा होइन र त्यहाँ कमाएको पैसा अनावश्यक खर्च नगरी त्यहाँ सिकेको सिप यहाँ प्रयोग गर्नु प¥र्याे ।

अन्त्यमा केही भन्नु छ ?
सबै सरहरुलाई पाराङ्हा लगायत नेपाल भरिका इन्स्टिच्युटबाट पास भएका विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिंदै सबैको इस्यु होस् । कोरिया जान पाउन्, कमाइ राम्रो होस्, कोहिपनि दुर्घटनामा नपरुन् र नयाँ विद्यार्थीहरुलाई पनि समयमा साथीभाइहरुलाई सोधपुछ गरेर समयमा नै राम्रो विश्वसनीय भाषा केन्द्रमा भर्ना भएर सत प्रतिशत नाम निकाल्नुहोस् भन्ने कामना छ ।
— प्रस्तुति ः नगिन्द्र श्रेष्ठ