मोरङकै ठूलो लालीगुरांस सहकारीको २४ औं साधारणसभा सम्पन्न, ६२ जनाले गरे रक्तदान

आंखादान गर्ने १० जनाको घोषणा

  • ३ आश्विन २०७५, बुधबार

केशु विरही, बेलबारी, माेरङ/ बेलबारी नगरपालिकामा रहेकाे लालीगुराँस वचत तथा ऋण सहकारी संस्था लि.ले बुधबार  एक कार्यक्रमविच अाफ्नाे २४ अाैं साधारणसभा सम्पन्न गरेकाे छ ।

बेलबारी नगरपालिका वार्ड नं १ मा रहेकाे सांस्कृतिक सभाहलमा सम्पन्न २४ अाैं साधारणसभाकाे उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका थिए ।

उद्घाटन पश्चातकाे कार्यक्रमलाई संवाेधन गर्दै प्रमुख अतिथि नगरप्रमुख सुवेदीले ५६ जनाबाट सुरु भएकाे लालीगुराँस साकाेसले ३ हजारकाे हाराहारीमा सदस्यता पुर्याउँदै भरपर्दाे तथा प्रभावकारी सेवा दिन सकेकाेमा संस्थालाई शुभकामना दिदै नेपालकाे संविधा २०७२ काे भावना अनुसारकाे कानुन वनाउने काम जारिरहेकाे, साेहि क्रममा नगरपालिकाले २१ वटा कानुनकाे निर्माण गरिसकेकाे पनि वताए । साथै नगरप्रमुख सुवेदीले चुनाैतिलाई अवसरमा परिणत गर्नु पर्नेमा जाेड दिए ।

बहुमुखी सहकारीका अध्यक्ष प्रताप थापाले सहकारीकाे अाफ्नाे अनुभव वताएका थिए । नगरपालिकाकाे सबैभन्दा धेरै सदस्यता भएकाे सहकारी । जिल्ला साकाेसका जिल्ला अध्यक्ष हरिप्रसाद सुवेदीले संस्थाकाे प्रगतिकाे कामना गरेका थिए । सहकारीका पुुुर्व सदस्य समेेत रहेेेका सुुुुवेदीले लालिगुरांस सहकारीलाई एसियाली मापदण्डको स्तरमा बिकास गर्न पहल भइरहेकोे जानकारी गराउनु भएको थियो ।

सभामा जिल्ला साकाेसका अध्यक्ष हरिप्रसाद सुवेदी, बेलबारी  बहुउद्देश्यीय सहकारीका अध्यक्ष प्रताप थापा, दिपज्याेति का अध्यक्ष पार्वती बराल, लालभित्ती वचत तथा ऋण सहकारी का सिताराम न्याैपाने अादि महानुभावहरुको आतिथ्यता रहेकाे थियाे ।

साे अवसरमा जेष्ठ सदस्य षडानन्द सुवेदी, उत्कृष्ट बचतकर्ता हरिमाया बुढाथोकी,नारायण शर्मा भण्डारी र काजी पौडेल, असल ऋणी सीमा सुवेदी र भिमलाल तामाङ, उत्कृष्ट शेयर खरिदकर्ता शान्ता प्रसाई ,रक्तदाता सुरज भण्डारी पुर्व संचालक हरिप्रसाद रिमाल, बिशिस्ट पदमा पुगेका शेयर सदस्य उपसचिव प्रदीप साह र सहयोगी संस्था सेन्च्युरी बैंक बेलबारीलाई  सम्मान गरिएकाे थियाे । साे अवसरमा स्थानीय कलाकार संजिव धिमालकाे साङ्गितिक प्रस्तुति रहेकाे थियाे ।

साथै साेहिदिन बिहान संचालन भएकाे रक्तदानबाट ६२ प्रिन्ट रगत जम्मा भएकाे र १० जनाले मृत्युपर्यन्त आंखादान गर्ने घोषणा गरेको लालीगुराँस वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दुर्गा गाैतमले वताएका छन् ।

२०५२ सालमा स्थापित संस्थामा हाल १४ सय ४१ महिला र १२ सय ९१ पुरुष गरी २७ सय ३२ शेयर सदस्य छन् । शेयरपुंजी ३ करोड ३२ लाख रहेको संस्थाकोको बचत १७ करोड १२ लाख, १५ हजार ४ सय ५१ रुपैया २ पैसा छ ।संस्थाले १९ करोड ६ लाख ९९ हजार ६ सय ४२ रुपैयाँ ऋण लगानी र ५४ लाख ८ हजार २ सय ५६ रुपैयाँ १ पैसा शुद्द बचत गरेको छ ।