समाजसेवामा जुट्दै नारी जागरण समूह

  • २० आश्विन २०७५, शनिबार

केशु विरही, बेलबारी, माेरङ/ विगत लामाे समयदेखि महिला सशक्तिकरणकाे अान्दाेलनमा सक्रिय भूमिका निभाउँदै अाएकाे नारी जागरण समूह, बेलबारीले अाफ्नाे पाँचाैं वार्षिक साधारणसभाकाे अवसर पारेर शनिबार सुक्रपथ सडककाे सरसफाई कार्यक्रम संचालन गरेकाे छ ।

बेलबारी नगरपालिका वार्ड नं २ कार्यलय रहे पनि सुन्दरहरैचामा समेत कार्यक्षेत्र रहेकाे यस संस्थाले पूर्वपश्चिम लाेकमार्गकाे लालभित्ती चाेकदेखि सुन्दरहरैचाकाे सिमानासम्मकाे सुक्रपथ सडक सफाई गरेकाे नारी जागरण समूहकी अध्यक्ष रामकुमारी राईले वताईन् ।

प्रत्येक वर्ष पनि संस्थाले यसरी नै सडक सफाई गर्दै अाएकाे र यसपटक पनि साे अभियानलाई निरन्तरता दिएकाे नारी जागरण समूहकाे पुत्री संस्था प्रत्यक्ष वचत तथा ऋण सहकारीका व्यवस्थापक मन्जु पाेखरेलकाे मत रहेकाे छ ।

नारी जागरणले अायाेजना गरेकाे साे सफाई अभियानलाई स्थानीय समाजसेवीले पनि सहभागिता जनाएका थिए ।

हातमा झाडु र कुचाे लिएर निस्किएका महिलाहरुले सडकमा झाडु मात्र लाएनन् सडक अतिक्रमण गरेर राेपिएका बिरुवा समेत काटिदिएका छन् ।

यसरी सडक अतिक्रमण गरेर राेपेका बिरुवा फाँडेपछि सडक सफा र फराकिलाे देखिएकाे छ ।