हिमालय साकाेसकाे साधारणसभा तथा रक्तदान कार्यक्रम सम्पन्न

५८ प्रिन्ट रगत संकलन

  • २० आश्विन २०७५, शनिबार

केरीबारी, माेरङ/ श्री हिमालय वचत तथा ऋण सहकारी संस्था केरावारीले अाज २३ अाैं वार्षिक साधारणसभाकाे दिन पारेर रक्तदान कार्यक्रमकाे अायाेजना गरेकाे छ ।
केरावारी गाउँपालिका वार्ड नं ९ काे बुद्ध माविकाे प्राङ्गणमा अायाेजना गरेकाे रक्तदान कार्यक्रममा स्थानीयहरुकाे उल्लेख्य मात्रामा सहभागिता रहेकाे थियाे ।
नेपाल रेडक्रस साेसाईटी धरानकाे प्राविधिक सहयाेगमा संचालन गरिएकाे उक्त रक्तदान कार्यक्रममा ५८ प्रिन्ट रगत जम्मा भएकाे संस्थाका अध्यक्ष खगेन्द्रप्रसाद सुवेदीले जानकारी दिएका छन् ।
साथै अाजै संस्थाले अाफ्नाे २३ अाैं वार्शिक साधारणसभा पनि सम्पन्न गरेकाे छ । केरावारी गाउँपालिकाका अध्यक्ष राेहित वहादुर कार्कीकाे प्रमुख अातिथ्यतामा संस्थाकाे वार्षिक साधारणसभा सन्पन्न भएकाे थिये ।