लालभित्ती ढल्केजाेवन फुटवल प्रतियाेगिता जित्दै एभरेष्ट भेट्रानले लग्यो ३० किलोको खसी

  • २४ आश्विन २०७५, बुधबार

केशु विरही, बेलबारी, माेरङ/ दशैंकाे अवसर पारेर ३५ वर्षभन्दा माथिकाे लालभित्ती ढल्केजाेवन फुटवल प्रतियाेगिताकाे उपाधी एभरेष्ट भेट्रान क्लव बेलबारी ११ ले हात पारेकाे छ ।

नरेन्द्र स्मृति क्लवकाे अायाेजनामा बेलबारी नगरपालिका वार्ड नं २ मा रहेकाे सिंहदेवि खेलमैदानमा असाेज १६ गतेबाट जारी ३५ वर्षभन्दा माथिकाे फुडवल प्रतियाेगितामा ० का विरुद्ध १ गाेलले पथरी भेट्रानलाई हराउँदै एभरेष्ट भेट्रानले उपाधी हात पार्न सफल भएकाे हाे ।

खेलकाे सुरु देखि नै पथरीलाई दवावमा राखेकाे एभरेष्टले दाेश्राे हापमा मात्र गाेल लगाउँ सफल भएकाे थियाे । पहिलाे हापमा कतैवाट पनि गाेल हुन सकेन ।
एभरेष्टका जर्सी नं ११ का खेलाडी विमल सुब्बाले दाेश्राे हापकाे ९ मिनेटमा हानेकाे गाेलले नै एभरेष्टलाई विजय चुम्न सफल तुल्याएकाे थियाे ।
 उक्त गाेल गाेलकिपरले राेक्ने प्रयास गर्दा गर्दै हातबाट चिप्लिएर गाेल लाग्न सफल भएकाे थियाे ।
पथरी भेट्रानका गाेल संजाेग राई वढी गाेल लगाउने र पथरीकै लिलानाथ भारती उत्कृष्ठ खेलाडी घाेषित भए ।
प्रमुख अतिथि बेलबारी नगरपालिका वाडा नं २ का वाडाध्य घनश्याम गाैतमले विजयी टिमलाई सिल्ड तथा पुरस्का प्रदान गरेका थिए ।
प्रथम हुनेलाई ३० केजीकाे खसी र सिल्ड तथा दाेश्राे हुनेलाई २० केजीकाे खसी र सिल्ड प्रादान गरिएकाे थियाे ।