महिलाहरुद्वारा संचालित प्रत्यक्ष साकाेसकाे छैठाैं साधारणसभा सम्पन्न

  • २७ आश्विन २०७५, शनिबार

केशु विरही, बेलबारी, माेरङ/ विगत लामाे समयदेखि महिलाकाे हक हितमा महत्वपूर्ण भूमिका निभाउँदै अाएकाे बेलबारी नगरपालिका वार्ड नं २ मा रहेकाे नारी जागरण समूहकाे पुत्री संस्था प्रत्यक्ष वचत तथा ऋण सहकारी संस्था लि.ले शनिबार एक कार्यक्रमविच अाफ्नाे छैठाै वार्षिक साधारणसधा सम्पन्न गरेकाे छ ।

बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीमा रहेकाे अाफ्नै भवनमा संचालन गरिएकाे कार्यक्रमकाे उद्घाटन बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीले उद्घाटन गरेकी थिइन् ।

साे कार्यक्रममा बेलबारी नगरकार्यपालिका सदस्य खिना थापा, बागदेवी सामुदायिक वनका अध्यक्ष फणिन्द्र थापा, अादर्श टाेलविकास संस्थाका अध्यक्ष रन्जित गुरुङ, जग्गा दाता माईतिसाेभा राई लगायतकाे उपस्थिती रहेकाे थियाे ।

कार्यक्रममा वाेल्दै प्रमुख अतिथि पराजुलीले नारी जागरणले समाजमा पुर्याएकाे याेगदानकाे वारेमा चर्चा गर्दै वचत मार्फत गृहिणीकाे जीवनस्तर माथि उठाउने काम गरेकाेमा खुसी व्यक्त गरिन । प्रमुख अतिथि पराजुलीले नगरपालिका महिला हक हितकाे वारेमा सचेत रहेकाे र नगरपालिकाकाे तर्फबाट सक्दाे सहयाेग पुर्याउन अाफू कटिवद्ध रहेकाे पनि वताईन्  ।

साे अवसरमा नगरकार्यपालिका सदस्य खिना थापाले अाफू निर्वाचनमा एउटा पार्टीबाट उठे पनि विजय पश्चात् सवैकाे साझा प्रतिनिधि भएर काम गरिरहेकाे र गरिरहने वताईन्  ।

बागदेवी सामुदायिक वनका अध्यक्ष फणिन्द्र थापाले कर्जा दिदा त्यसकाे सुरक्षामा पनि ध्यान दिन अाग्रह गरे । अादर्श टाेल विकास संस्थाका अध्यक्ष रन्जित गुरुङले महिला दिदी बहिनीहरुकाे कामबाट अाफू प्रभावित भएकाे वताए ।

संस्थाकाे वार्षिक प्रगति प्रतिवेदन संस्थाकी सचिव विना राई र काेष हिसाब चिन्ता उप्रेती”सुजा”ले प्रस्तुत गरेकी थिईन । संस्थाका ब्यबस्थापक मन्जु पाेखरेलले संस्थाकाे जानकारी तथा साधारणसभामा उपस्थित सबैलाई स्वागत गरेकी थिईन ।

साे अवसरमा संस्थाका नियमित काराेवार गर्ने ४ जना असल ऋणी ४ जना जेष्ठ सदस्य ६ जना तथा सेयर सदस्यका छाेराछाेरी मध्येबाट यसपालिकाे एस ईईमा उत्कृष्ठ अंक ल्याउने १ जना छात्र र एक जना छात्रालाई समेत सम्मान गरिएकाे थियाे ।

रामकुमारी राईकाे अध्यक्षतामा संचालन भएकाे उक्त साधारणसभाकाे संचालन ताेया लिम्बूले गरेकी थिईन् । साे अवसरमा गित, कविता, भजन तथा सांस्कृतिक प्रस्तुतिहरु पनि रहेका थिए ।