देउसी भैलो सहित गुरुकुल पाठशालाले गर्यो तिहारको शुभकामना कार्यक्रम

  • २० कार्तिक २०७५, मंगलवार

बेलबारी, मोरङ । मोरङको बेलबारी ३ मा रहेको गुरुकुल पाठशालाले मंगलबार देउसी भैलो कार्यक्रम तथा तिहारको शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा स्कुलका विद्यार्थी, शिक्षक, संचालक तथा अन्य अतिथिहरुको समेत उल्लेख्य उपस्थिती थियो । कार्यक्रममा स्कुलका विद्यार्थीहरुको सहभागितामा तिहारको शभकामना र नृत्य सहित साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा  गत महिनाका उत्कृष्ट अभिभावक, उत्कृष्ट बिद्यार्थी लगायतलाई सम्मान पनि  गरिएको थियो । कार्यक्रममा एन प्याबसन मोरङका अध्यक्ष सुनिलदत्त अधिकारीको पनि  उपस्थिति थियो ।

सो कार्यक्रममा बोल्ने अतिथि तथा अन्य बक्ताहरुले बेलबारीको शिक्षा क्षेत्रमा गुरुकुल एउटा नमुना बिद्यालय भएको र यस बिद्यालयले अन्य बिद्यालय भन्दा फरक र ब्यबहारिक शिक्षा प्रदान गरिरहेको बताएका थिए ।

कार्यक्रममा बेलबारी नगरपालिका शिक्षा शाखा प्रमुख जिवन गडतौला प्रमुख अतिथिको रूपमा उपस्थित थिए । उनले शिक्षा क्षेत्रमा निजि बिद्यालयहरुको योगदान महत्वपुर्ण भएको र निजि बिद्यालयमा हुने शैक्षिक क्रियाकलाप र पठनपाठन सामुदायिकको भन्दा अब्बल रहेको बताए । गड्तौलाले निजि क्षेत्र र सामुदायिक क्षेत्रले गुणस्तरीय शिक्षाका लागी हातेमालो गरी अघि बढ्न सके शिक्षा क्षेत्रमा थप प्रगति गर्न सकिने धारणा राखे ।

कार्यक्रम विद्यालयका अध्यक्ष केदार अधिकारीको सभापतित्वमा भएको थियो । बिद्यार्थीहरुलाई नेपाली संस्कार र संस्कृतिको बारेमा जानकारी दिने र नयाँ कुरा सिकाउने उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको बिद्यालयका प्रिन्सिपल दिपेन्द्र खुलालले बताए ।