रमितेमा साहित्यकारहरुले गरे सिर्जनात्मक जमघट

  • ३० कार्तिक २०७५, शुक्रबार

केशु विरही, बेलबारी, माेरङ / विगत लामाे समय देखि बेलबारीकाे साहित्यिक विकासमा अग्रसर रहदै अाएकाे संस्था बेलबारी साहित्य विकास समितिले अाज एक कार्यक्रमविच अाफ्नाे साहित्य परिक्रमा कार्यक्रमकाे तेश्राे अंक सम्पन्न गरेकाे छ ।

बेलबारी नगरपालिका वार्ड नं २ रमिते पर्यटकीय क्षेत्रमा संचालन गरिएकाे साे कार्यक्रमा दुई दर्जनभन्दा वढि पुराना तथा नया सर्जकहरुले अा-अाफ्ना साहित्यिक रचनाहरु वाचन गरेका थिए ।

लिम्बू भाषाका लेखक गाेविन्द चाेङवाङ लिम्बू देखि लिएर धिमाल भाषामा मात्र सिर्जना गर्दै अाएका कविन्द्र धिमालकाे समेतकाे सहभागिता रहेकाे थियाे ।

वि. स. २०६६ सालमा स्थापना भए पनि बेलबारी नगरपालिकामा दर्ता भएर यसै वर्ष मात्र अाधिकारिता पाएकाे यश संस्थाले बेलबारीकाे साहित्यिमा विशेष याेगदान दिदै अाएकाे छ ।

यस संस्थाले भदाै महिना देखि स्थानीय पर्यटनलाई टेवा दिने अभिप्रायका एउटा फरक खाले कार्यक्रम साहित्य परिक्रमा सुरु गरेकाे छ । यसभन्दा अघि बेतना र धनपाल गढिमा गरेर साहित्य परिक्रमाका २ वटा अंक सम्पन्न गरिसकेकाे छ ।

नयाँ तथा पुराना स्रष्टाविच भेटघाट तथा परिचय अादानप्रदान गर्न र नयाँ सिर्जना गर्न अभिप्रेरणा जगाउने अभिप्रायकासाथ याे कार्यक्रमकाे सुरुवात गरिएकाे संस्थाका अध्यक्ष रेखा सुवेदी वताउँछिन ।

कार्तिक ३० गते शुक्रबार रमिते पर्यटकीय क्षेत्रमा सम्पन्न साहित्य परिक्रमा कार्यक्रममा साहित्यकारहरु ईरान राई, तिला लेकाली, यज्ञप्रसाद सुवेदी सुसेली, धनजीत पराजुली, बादलदेवी चाम्लिङ, जेवि थुलुङ, शिव छाङ्छा राई, सन्देश तुम्बापाे हीरा खड्का, सुमन राई, राजेन्द्र कार्की लगायतकाे उपस्थिती रहेकाे थियाे ।

साे अवसरमा बेलबारी नगरपालिकाका उपप्रमुख एवम् स्रष्टा तारा पराजुली, बेलबारी नगरपालिका वार्ड नं २ का वडाध्यक्ष घनश्याम गाैतम तथा नगरकार्यपालिका सदस्य खिना थापाकाे पनि उपस्थिती थियाे ।

पछिल्लाे समय रमिते पर्यटकीय क्षेत्रमा मानिसहरुकाे चहलपहल वढ्न थालेकाे छ ।  गत बर्ष केहि टहरा सहितको पिकनिक स्थल बनाएपछि यसपाली हिउँद याम लाग्ने बित्तिकै बनभोजका लागि मानिसहरू आउन थालेका छन् । शान्त तथा रमणीय स्थान भएकाेले गर्दा रमिति उत्कृष्ठ पर्टकीय गन्तव्य वन्न सक्ने रमिते पर्यटकीय क्षेत्रको विकासका अभियन्तामध्येका  राजु परियार बताउँछन् ।