वडा कार्यालयद्वारा दुई विद्यालयका ५० जना विद्यार्थीलाई पोशाक बितरण

  • १४ मंसिर २०७५, शुक्रबार

मोरङको बेलबारी नगरपालिका वडा नम्बर २ ले सिंहदेवी आधाभुत तथा कविर माध्यमिक बिद्यालयका ५० जना बिद्यार्थीहरुलाई बिद्यालय पोशाक बितरण गरेको छ ।

बेलबारी २ स्थित सिंहदेवी स्कुलका २० जना तथा कविर स्कुलका ३० जना बिद्यार्थीहरुलाई पोशाक बितरण गरीएको वडा अध्यक्ष घनश्याम गौतमले बताए । बिद्यालयमा अध्यन गर्ने गरिव, जेहेन्दार तथा दलित वालवालिका बिद्यार्थीहरुलाई पोशक बितरण गरेको हो ।

पोशाक अभावमा कुनै पनि बिद्यार्थी बिद्यालय जानबाट बच्ति नहुन भनेर पोशाक बितरण गरीएको वडा सदस्य तथा कार्यपालिका सदस्य खिना थापा बस्नेतले बताईन् । वडा कार्यालयले केहि महिना अगाडि बिद्यार्थीहरुलाई झोला, स्टेसनरी तथा जुत्ता बितरण गरेको थियो । बिभिन्न समस्याका कारण बिद्यालय नआएका वालवालिकाहरुका लागि वडा कार्यालयले गरेको अभियानले सहयोग पुग्ने बिद्यलयका प्रधानाध्यापक हरि कार्कीले बताए । ।