मिस वर्ल्ड प्रतियोगिताको ‘फाइनल राउण्ड’मा पुगिन् शृङ्खला खतिवडा

  • १७ मंसिर २०७५, सोमबार

मिस वल्र्डमा नेपालका तर्फबाट सहभागी शृंखला खतिवडा प्रतियोगिताको ‘फाइनल राउण्ड’मा पुगेकी छन् ।

‘मल्टिमिडिया प्रयोग’ तर्फको प्रतिस्पर्धामा पहिलो स्थान ओगट्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेकी हुन् । मिस वल्र्डको आधिकारिक फेसबुक पेजमा सोमबार साँझ राखिएको जानकारी अनुसार उत्कृष्ट तीन ‘मल्टिमिडिया फाइनलिस्ट’ मध्ये पहिलो स्थानमा रहँदै उनी फाइनल पुगेकी हुन् । यो विधामा मेक्सिको दोस्रो र केन्या तेस्रो स्थानमा छन् ।

आइतबार भएको ‘हेड टु हेड’ प्रतिस्पर्धाबाट बाहिरिए पनि मल्टिमिडिया विधाबाट उनले आफूलाई प्रतिस्पर्धामा कायम राखेकी हुन् ।
मिस नेपालको ताज विजेताका रुपमा खतिवडाले मिस वल्र्डमा सहभागिता जनाइरहेकी छन् । प्रतियोगिता चीनको सान्या शहरमा भइरहेको छ ।