स्थानीय सामग्री जुटाएर लेटाङका मणिरामले बनाए धान झार्ने मेसिन

  • १९ मंसिर २०७५, बुधबार

लेटाङका एक ब्यक्तीले काठ र मोटरको सहायताले धान झार्ने मेसिन बनाएका छन् ।

करिव १ लाख रुपैयाको लागतमा बनेको उक्त मेसिन अहिले गाउँमा धान झार्नका लागि प्रयोग भइृरहेको छ । पराल नटुक्रिने तथा अन्य कामका लागि समेत प्रयोग हुने मेसिनको आविष्कार भएपछि मेसिनको आविष्कारक लेटाङ ३ कमलपूरका ५५ बर्षीया मणिहर्क राईलाई गाउँमा धान झार्न भ्याइ नभ्याइ छ ।

उनले यो मेसिन स्थानिय ठाँउमा उपलव्ध भएका काष्ठजन्य सामाग्री र मोटरको प्रयोग गरेर वनाएका छन् । मेसिन बनेपछि दैनिक २ जना कामदार सहित उहाँले गाँउमा धान झार्ने काम गर्दै अाइरहेका छन् । खेतीपातीको काम गर्ने मानिसको अभाव भईरहेको वेला उक्त मेसिन वरदान हुने राइले बताए ।

यसअघि २०४४ सालमा काठको साईकल बनाएर कुदाएपछि उनले सर्वत्र चर्चा बटुलेका थिए । राजा विरेन्द्रबाट लेटाङ भ्रमणका वेला २०४४ सालमै काठको साइकल बनाएबापत नगद २५ सय सहित सम्मान समेत पाएका थिए ।