पेस्ट्रोल खानीमा दिनभर गुन्जिए साहित्यकारका रचनाहरु

  • २२ मंसिर २०७५, शनिबार

बेलबारी साहित्य बिकास समितिले गत भदौ महिनादेखि शुरु गरेको  साहित्य परिक्रमा अभियानको चौथो कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

मोरङको बेलबारी नगरपालिकामा पर्ने बाहुनीको पेट्राेलखानी पुगेर साहित्यकारहरुले पेट्राेलखानीकाे बारेमा रचना गरी एक अर्कालाई सुनाएका थिए । दुई दर्जन स्रष्टाहरूकाे सहभागितामा भएको साहित्य परिक्रमा कार्यक्रममा बेलबारी ८ का वडाध्यक्ष धनपति गाैतम बिषेेेश अतिथि थिए ।

साहित्य परिक्रमा कार्यक्रममा साहित्यकारहरु रेखा सुवेदी, बद्री अधिकारी, तिला लेकाली, धनजीत पराजुली, सोनाली गुरुङ, बादलदेवी चाम्लिङ, ईरान राइ लगायत दुई दर्जन  साहित्यकारहरुले  रचना गरेका सृजना प्रस्तुत गरेका थिए ।

पुषकाे साहित्य परिक्रमा लेटाङ राजारानीमा हुनेछ ।