आफ्नो तलवभत्ताबाट विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरे जनप्रतिनिधिले

  • २६ मंसिर २०७५, बुधबार

मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर २ का जनप्रतिनिधिहरुले आफ्नो तलवभत्ताको रकमबाट सोही वडाको सरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गरेका छन् ।

सो विद्यालयको भौतिक सहित शैक्षिक व्यवस्थापनमा जुटेका वडाका जनप्रतिनिधिहरुले आज एक कार्यक्रमकाबीच त्यहाँ अध्ययनरत सवै ५० जना विद्यार्थीलाई एक एक थान स्वीटर प्रदान गरेका हुन् ।

नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाको प्रमुख आतिथ्यतामा स्वीटर वितरण भएको छ ।

वडाध्यक्ष यामप्रसाद गुरागाई, सदस्य अरुणा राई, अग्नी गुरुङ, सीता भुसाल र पर्शुराम न्यौपानेले १५ हजार रुपैयाँ बराबरको स्वीटर किनेर विद्यालयलाई प्रदान गर्नुभयो । यस अघि उहाँहरुले ५० हजार रुपैयाँ बराबरको भौतिक सामग्री खरिदमा सहयोग गर्नुभएको थियो ।