श्रष्टा समाजद्वारा आयोजित तीनदिने साहित्यिक कार्यक्रम सम्पन्न
- १ पुष २०७५, आईतवार
श्रष्टा समाजद्वारा मोरङको बेलबारीमा आयोजित तीनदिने साहित्यिक कार्यक्रम समापन गरिएको छ ।
आइतबार बिहान लालभित्ति क्याफेमा समापन समारोह गरी तीनदिने कार्यक्रम बिसर्जन गरिएको हो । समापन कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा उप्रेती प्रमुख अतिथिको रूपमा उपस्थित थिए । श्रष्टा समाजका सचिव जेवी थुलुङ्ले संचालन गरेको कार्यक्रमको अध्यक्षता श्रष्टा समाजका अध्यक्ष हर्कमान तामाङले गरेका थिए ।
समापन कार्यक्रममा बेलबारी र सुन्दरहरैंचाका लगायत सिक्किम र दार्जिलिङबाट आएका साहित्यकार र सर्जकहरुको पनि उपस्थिति थियो ।
समापन कार्यक्रममा प्रा. डा. सुषमा अाचार्य, पश्चिम वङ्गाल विस्वविद्यालय नेपाली विभागका प्रमुख डा. रेमिका थापा, कवि मनप्रसाद सुब्बा, डा. रमेश क्षेत्री, अमर बानिया लाेहाराे,देवराज शर्मा, मेहरमान सुब्बा, रेमिका थापा, जयकुमार राई, मुक्तिनाथ शर्मा, कैलाश पाण्डे लगायतका सर्जकहरुको उपस्थिति थियो ।
समापन कार्यक्रममा बोल्ने श्रष्टाहरुले कार्यक्रम अत्यन्त उपलब्धिमुलुक र राम्रो भएको भन्दै प्रशंसा गरेका थिए । कार्यक्रममा बोल्दै श्रष्टा समाजका अध्यक्ष तथा पुर्व सांसद हर्कमान तामाङले आमन्त्रित तथा उपस्थित सबैलाई धन्यवाद दिदै आउने दिनहरूमा पनि श्रष्टाहरुबिच सर सहयोग र सहकार्य भइरहने अपेक्षा आफुले गरेको बताएका थिए ।
शुक्रबारदेखि शुरु भएको साहित्यिक कार्यक्रममा नेपालका विभिन्न स्थानका साहित्यकारका अलावा सिक्किम र दार्जिलिङबाट आएका श्रष्टाहरुको पनि सहभागी थिए । साहित्यिक कार्यक्रम अन्तरगत शनिबार स्रष्टा समाज बेलबारीले कविता, कथा, गीत, गजल, समालाेजनाजस्ता विभिन्न विधालाई समेटिएकाे ‘गाउँ बेंसीका फूलहरु’ नामक साहित्यिक पत्रिकाको विमोचन तथा साहित्यिक परिचर्चा समेत गरिएको थियो ।
शनिबार देशविदेशबाट अाएका स्रष्टाहरुलाई बेलबारी नगरपालिका वार्ड नं ५ मा रहेकाे एेतिहासिक तथा पुरातात्विक महत्व बाेकेकाे स्थल धनपाल गढी र सुन्दरहरैचा नगरपालिकामा रहेका विभिन्न पर्यटकीय स्थल तथा सुकुना क्याम्पसकाे समेत भ्रमण गराईएकाे थियाे ।