श्रमिक महिला समूहद्वारा बालबालिका लाई न्यानाे लुगा वितरण

  • १ पुष २०७५, आईतवार

बेलबारी, माेरङ/ विगत लामाे समयदेखि महिलाहरुकाे हकहितकाे क्षेत्रमा काम गर्दै अाएकाे संस्था श्रमिक महिला समूह बेलबारीले बालबालिकालाई न्यानाे कपडा वितरण गरेकाे छ ।

बेलबारी नगरपालिका वार्ड नं १ मा रहेकाे श्री जनएकता आधारभूत विद्यालयमा पुगेर संस्थाले विद्यालयमा पढ्ने छात्र छात्रालाईलाई न्यानाे कपडा वितरण गरेकाे थियाे ।

विद्यालयमा अध्ययनरत गरिव तथा विपन्न घरधुरीका बालबालिकालाई जाडोमा न्यानो प्रदान गर्ने उद्देश्यले अाफूहरुले उनीहरुलाई कपडा प्रदान गरेकाे संस्थाका अध्यक्ष नितु थापाले वताईन ।

साे अवरसरमा बालबालिकाका अतिरिक्त उनीहरुका अभिभावकहरूलाई पनि न्यानो कपडा वितरण गरिएकाे संस्थाले जनाएकाे छ ।

न्यानो कपडा वितरण कार्यक्रमका प्रमुख अतिथि तथा बेलबारी वाड नं. १ का अध्यक्ष चक्र खुलालले समूहले गरेको कार्यको प्रशंसा गर्दै यस्ताे कार्य गरेकाेमा संस्थालाई धन्यवाद दिएका थिए ।

साे कार्यक्रममा वाडा नं. १ का सदस्य रमेश निरौला, रसिन लामा लगायत स्थानीयहरुको पनि उपस्थिति रहेको थियो ।