केराबारीकी एक शिक्षिका जसले जितिन् दोस्रो मिसेस कोशीको ताज

  • ५ पुष २०७५, बिहीबार

  जया मिडिया म्यानेजमेन्ट प्रा.लिले आयोजना गरेको मिसेस कोशी सिजन २ को ताज  केराबारी ३ की सूचना श्रेष्ठले जितकी छिन् ।

विराटनगर र सुनसरीको इटहरीमा रहेको ओसियनपार्कमा सम्पन्न सो प्रतियोगिताको दोश्रो संस्करणमा विभिन्न प्रतियोगिलाई पछि पार्दै श्रेष्ठले मिसेस कोशीको ताज पहिरन सफल भएकी हुन् । फस्ट रनरअप विराटनगरकी खेमकुमारी कोइराला तथा मोरङ रतुवामाई नगरपालिका स्थित गोविन्दपुरकी सुनिता लामाले सेकेण्ड रनरअपको उपाधी जितिन् ।
फेवा सेकेण्डरी बोर्डिङ स्कूलमा ९ वर्षदेखि शिक्षण पेशामा संलग्न रहेकी श्रेष्ठ नृत्य तथा आर्टसमा सिपालु छिन् । विविएससम्म अध्ययन गरेकी श्रेष्ठले ताज पहिरिनु अघि मिसेस पपुलर, आउटस्ट्याण्डिङ पर्सानालिटी, र मल्टिमिडिया टाइटलको उपाधि समेत हात पारिसकेकी छिन् । उनले ताज जितेपछि केराबारीमा खुुुुशीयाली छाएकाे छ ।