विविध कार्यक्रम सहित कविर माविले मनायो ३३ औं अभिभावक दिवस

शिक्षक र विद्यार्थी पनि सम्मानित

  • १० पुष २०७५, मंगलवार

केशु विरही, बेलबारी, माेरङ / विगत लामाे समयदेखि गुणस्तरीय शिक्षा प्रवाह गर्दै माेरङ जिल्लाकै एक उत्कृष्ठ सामुदायिक विद्यालयकाे रुपमा स्थापित कविर माध्यमिक विद्यालय बेलबारीले साेमबार एक कार्यक्रमवित अाफ्नाे ३३ अाैं वार्षिक उत्सव तथा अभिभावक दिवश सम्पन्न गर्याे ।

बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीमा रहेकाे विद्यालयकाे प्राङ्गणमा सम्पन्न वार्षिक उत्सव तथा अभिभावक दिवसकाे उद्घाटन प्रदेशसभा सांसद राजकुमार अाेझाले गरेका थिए ।

साे कार्यक्रममा बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुली, पूर्व सांसदद्वय हर्कमान तामाङ र मधु गुरुङ, बेलबारी नगरपालिकाका शिक्षा शाखा प्रमुख जीवन गड्ताैला लगायतकाे उपस्थिती रहेकाे थियाे ।

साे कार्यक्रममा बेलबारी नगरपालिका वार्ड नं २ का वाडाध्यक्ष घनश्याम गाैतम, नगरकार्यपालिका सदस्य खिना थापा, वाडा सदस्यहरु कुष्णबहादुर लिम्बू, भगिमाया विशङ्खे, मनु श्रेष्ठ, रमिते सामुदायिक वनका अध्यक्ष प्रेमबहादुर राई, बागदेवि सामुदायिक वनका अध्यक्ष फणिन्द्र थापा, लालभित्ती साकाेसका सचिव राजु परियार, स्थानीय समाजसेवी एवम् चन्दादाता डिल्लीबहादुर थापा, साहारा नेपालका अध्यक्ष शिव बराल, चन्दादाता प्रताप थापा, बुद्ध माविका प्रअ खगेन्द्र सुवेदी, लगायतकाे उपस्थिती रहेकाे थियाे ।

अभिभावक दिवसकाे अवसरमा उद्घाटन पश्चात् वाेल्दै प्रमुख अतिथि एवम् प्रदेशसभा सांसद राजकुमार अाेझाले
विद्यालयले जिल्लामा कमाएकाे ख्यातीलाई वचाई राख्न सबैले लाग्नु पर्ने वताए । उनले यसलाई जिल्लामा मात्र नभएर प्रदेसमै एक नमुना विद्यालयकाे रुपमा विकास गर्नु पर्ने कुरामा जाेड दिदै जसका लागि साॅसदको हैसियतले अाफूले गर्नसक्ने सहयाेग गर्न तयार रहेकाे पनि वताए ।

बेलबारी नगरपालिकाका उपप्रमुख
ढाकाकुमारी पराजुलीले अरू विद्यालयहरूकाे तुलनामा यसले कमजाेर अार्थिक श्राेत र जनशक्तिकाे अभावका बाबाजुज पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै एसईई परीक्षामा विद्यालयले जिल्लामै उत्कृष्टता स्थान हासिल गरेकाेमा खुसी व्यक्त गरिन ।

कार्यक्रममा संघ संस्थाको तर्फबाट राजु परियार, विद्यालयहरूको तर्फबाट बुद्ध माविका प्र.अ. खगेन्द्रप्रसाद सुवेदी, चन्दादाता र संस्थापकहरूको तर्फबाट डिल्लीबहादुर थापा, समाजसेवी वुद्दिजिवि र उद्ध्योगीहरंको तर्फबाट, प्रताप थापा, सहारा परिवारका अध्यक्ष शिव बराल, नगरपालिका शिक्षा शाखाका अधिकृत जीवन गड्तौला, विशिस्ट अतिथि पूर्व सभासद् मधु गुरूङ, विशिस्ट अतिथि पूर्व सांसद हर्कमान तामाङले शुभकामना मन्तव्य राखेका थिए ।

प्रधानाध्यापक दुर्गाप्रसाद गौतमले विद्यालयका समस्या चुनौति र उपलब्धि तथा आगामी कर्ययोजना सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साथै विद्यालयमा उत्कृष्ट कार्य गरेवापत शिक्षक द्वय गणेशप्रसाद दहाल र हरिमाया खतिवडालाई सम्मान गरिएकाे थियाे ।

उच्च शैक्षिक उपलव्धि ल्याई जिल्लामा प्रथम भएकोमा विभिन्न १८ जना शिक्षकलाई प्रसंसापत्रका साथमा ढाकाको टोपी र सल तथा माल्यार्पण गरियो ।

साथै साे अवसरमा बाल क्लवले उत्कृष्ट शिक्षक २०७५ का रूपमा शिक्षक इन्द्रबहादुर थापालाई सम्मान गरेकाे थियाे ।

साे अवसरमा उत्कृष्ट सेवा प्रदान गर्ने विभिन्न शिक्षकहरु तथा २०७४ काे वार्षिक परीक्षामा राम्राे अंक ल्याउने विभिन्न विद्यार्थीहरुलाई पुरस्कृत गरिएकाे थियाे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली पुरीकाे सभापतित्वमा सम्पन्न साे कार्यक्रमकाे संचालन शिक्षक गणेशप्रसाद दाहालले गरेका थिए ।