केराबारीकी बिष्णुमायाको निशुल्क उपचार गरिदिने भो नोबेल हस्पिटलले

  • १३ पुष २०७५, शुक्रबार

आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या भएपछि केराबारी १० की २४ वर्षिय विष्णुमाया तामाङलाई नोवल हस्पिटल विराटनगरले निशुल्क उपचार गरिदिने भएको छ ।
 पेट तथा नसा सम्बन्धी विभिन्न रोगबाट पीडित बिष्णुमायाको नोबेलले उपचार गरिदिने भएको हो । नोबेलमा भर्ना गरी आइसियुमा राखेर उपचार भइरहेपनि आर्थिक समस्याका कारण उनको उपचारका लागि केही दिनयता चन्दा संकलन  गरिएको थियो ।
हालसम्म २ लाखभन्दा बढी खर्च भएकोमा  डेढ लाखभन्दा बढी  तिर्न बांकी छ । केराबारी गाउँपालिका अध्यक्ष रोहित बहादुर कार्की र कांग्रेस नेता डिग बहादुर लिम्बु , ललित तामाङ लगायतको पहलमा नोबेल हस्पिटलका संचालक सुनिल शर्माले हालसम्मको सबै खर्च छुट गरी थप १ लाखको औषधी निशुल्क गर्ने प्रतिबद्धता गरेका छन् ।
बुधबार बिष्णुमायाको आर्थिक अवस्था बुुुझ्न र परिवारलाई भेट्न शर्मा केराबारी आएका थिए । संचालक शर्माले दुईजना कुरुवालााई अस्पताल बस्दा खाने ब्यबस्था समेत गर्ने घोषणा गरेका छन् ।