बेलबारी जेसिसकाे तेश्राे वार्षिक साधारणसभा सम्पन्न : दिपेन्द्र खुलालको नेतृत्वमा समिति चयन

  • १४ पुष २०७५, शनिबार

केशु विरही, बेलबारी, माेरङ/ लगातार दुईपट नेपालकै एक उत्कृष्ठ शाखाकाे रुपमा परिचित बेलबारी जेसिसले एक कार्यक्रमबिच अाफ्नाे तेश्राे साधारणसभा सम्पन्न गरेकाे छ ।

बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीकाे प्रमुख अातिथ्यमा, बेलबारी नगरपालिका वार्ड नं २ मा रहेकाे रमिते सामुदायिक वनकाे सभाहलमा सम्पन्न साधारणसभामा बेलबारी नगरपालिका वार्ड नं २ का वाडाध्यक्ष घनश्याम गाैतम, नेपाल जेसिसका पूर्व उपाध्य डिल्ली प्रसाद ढकाल, ईन्द्रपुर जेसिसका वर्ष २०१८ का अध्यक्ष रुद्र थापा, बेलबारी जेसिसका संस्थापक अध्यक्ष माधवराज थापा अादिकाे सहभागिता रहेकाे थियाे ।

जेसिसकाे तेश्राे साधारणसभाकाे खसल्ला सत्रलाई सम्बाेधन गर्दै प्रमुख अतिथि बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीले बेलबारी जेसिसले समाज परिवर्तनमा पुर्याएकाे याेगदानकाे प्रशंसा गर्दै अागामी दिनमा पनि यस्तै प्रकारकाे भूमिकाकाे अासा गरिन ।

साथै उपप्रमुख पराजुलीले नगरपालिका जेसिससँग सहकार्य गरेर अघि वढ्न तयार रहेकाे पनि वताईन ।

नेपाल जेसिसका पूर्व केन्द्रीय उपाध्यक्ष डिल्लीप्रसाद ढकालले जेसिस युवाहरुकाे ढुकढुकी रहेकाे वताए । उनले बेलबारी जेसिसले छाेटाे समयमा समाजमा पुर्याएकाे याेगदान अनुकरणीय भएकाे पनि वताए ।

ईन्द्रपुर जेसिसका अध्यक्ष रुद्र थापाले बेलबारी जेसिसले संचालन गरेका कार्यक्रमबाट अाफू साह्रै प्रभावित भएकाे पनि वताए ।

बेलबारी जेसिसका वर्ष २०१८ का अध्यक्ष राजनप्रसाईकाे समापतित्वमा सम्पन्न साधारणसभाकाे संचालन भने महासचिव राजेन्द्रबहादुर अधिकारीले गरेका थिए ।

साधारणसभाले दिपेन्द्र खुलालकाे नेतृत्वमा वर्ष २०१९ काेे लागि  बेलबारी जेसिसकाे नयाँ कार्य समिति चयन भएकाे छ।

समितिको कार्यकारी उपाध्यक्षमा राजेन्द्रबहादुर अधिकारी र नवराज सुवेदी निर्वाचित भएका छन । यसैगरी उपाध्यक्षमा भुवन कार्की, सनम पोखरेल (सन्तोष), किशोर गौतम र प्रशान्त निरौला निर्वाचित भए ।

नव  निर्वाचित नयाँ कार्यसमितिलाई चाँडै कार्यक्रम गरि पद हस्तान्तरण गर्ने वर्ष २०१८ का अध्यक्ष राजन प्रसाईले जनाकारी दिएका छन् ।