पुर्वी नेपालका विभिन्न स्थानमा फेरि पनि गरिने भो प्राथमिक उपचार तालिम

  • २२ पुष २०७५, आईतवार

आर पी सहयात्री, युएई । एक बर्षयता दुई चरणमा १७ जिल्लाका करिब ३ हजार नेपालीलाई नि:शुल्क प्राथमिक उपचार तालिम दिइसकेको डिस्कभरी रोयल स्पोर्ट्स एलएलसी युएई  र डिस्कभरी रोयल प्रा. लि.  ले आगामी फागुन ८ गतेदेखि १८ गते सम्म नेपालका पुर्वी पहाडी जिल्लाका विभिन्न स्थानमा  नि: शुल्क प्राथमिक उपचार तालिम आयोजना गर्ने भएको छ ।

मुख्य प्रशिक्षक समेत रहेका ओम उप्रेतीका अनुसार आगामी फागुन ८ गते बुधबार ओखलढुंगामा, फागुन ९ गते बिहिबार खोटाङमा, फागुन १० गते शुक्रबार , फागुन ११ गते शनिबार धनकुटामा, फागुन १२ गते आइतबार भोजपुरमा, फागुन १३ गते सोमबार संखुवासभामा, फागुन १४ गते बुधबार तेह्रथुमको आठराईमा, फागुन १६ गते बिहीवार ईलाममा, फागुन १७ गते शुक्रबारमा पाँचथरको फिदिम बजारमा, फागुन १८ गते शनिबार ताप्लेजुङको फुङ्लिङ बजारमा प्राथमिक उपचार तालिम हुुुुनेछन् ।

डिस्कभरी रोयल स्पोर्ट्स एलएलसी र डिस्कभरी रोयल प्रा. लि. को आयोजनामा युएईमा भएको पहिलो बार्षिकोत्सब कार्यक्रममा सो जानकारी दिइएको हो ।

गत वर्षदेखि शुरु गरेको अभियान नेपालका विभिन्न १७ जिल्लामा सम्पन्न भइसकेको छ । प्रतिब्याक्ति ८ हजार रुपैयाँ सम्म शुल्क लाग्ने उक्त प्राथमिक उपचार तालिम हालसम्म करिब ३ हजार नेपालीहरुले नि:शुल्क पाइसकेको अभियन्ता तथा मुख्य प्रशिक्षक ओम उप्रेतीले बताए ।

बार्षिकोत्सब अभियानमा सहयोग गर्ने १७ सामाजिक संस्था, २५ जना ब्याक्तित्व र विभिन्न संचारमाध्यममा आबद्ध पत्रकारहरुलाई कदर पत्रले सम्मान समेत गरिएको छ ।

युएईमा भएको बार्षिकोत्सब कार्यक्रममा प्रमुख अतिथि र नेपाली दूतावास अबुधावीका कार्यवाहक राजदुत सागरप्रसाद फुँयाल र अतिथिका रुपमा नेपाली दूतावास अबुधावीबाटै श्रम काउन्सिलर भेसबहादुर कार्की, श्रम सहचरी मोतीराम भुसाल  नायक निखिल उप्रेतीले विशेष अतिथि थिए ।

कार्यक्रममा प्रवासी नेपाली मन्च, युएईका अध्यक्ष श्याम कँडेल, नेपाली जनसम्पर्क समिती युएईका अध्यक्ष खेमराज बस्नेत, नेपाली जनप्रगतिशिल मञ्च युएईका अध्यक्ष बाबुराम बिश्वकर्मा उपस्थित भएर ओम उप्रेतीको अभियानमा एक्यवद्धता जनाएका थिए ।

कार्यक्रममा अभियन्ता तथा मुख्य प्रशिक्षक समेत रहेका ओम उप्रेतीका आमा चन्दमाया उप्रेती र बुबा कृष्णदत्त उप्रेती पनि विशेष अतिथिका रुपमा नेपालबाट आमन्त्रित थिए । अतिथिकै रूपमा  विभिन्न संघ संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, तथा जातीय र क्षेत्रीय समाजका प्रतिनिधिहरु उपस्थित थिए ।

डिस्कभरी रोयल स्पोर्ट्स एलएलसीका प्रवन्ध निर्देशक ओम उप्रेतीको सभापतित्वमा भएको उक्त कार्यक्रम नि:शुल्क प्राथमिक उपचार अभियानकै बिषयमा केन्द्रित थियो ।