लालिगुरांस सहकारीले शुरु गर्यो मोबाइल बैंकिङ सेवा

  • २५ पुष २०७५, बुधबार

केशु विरही, बेलबारी, माेरङ/ वि.स. २०५२ सालमा स्थापित मोरङकै अग्रणी सहकारी संस्थाकाे रुपमा परिचित लालीगुराँस वचत तथा ऋण सहकारी बेलबारीले लालीगुराँस माेवाईल बैंकिङ्ग सेवा संचालनमा ल्याएकाे छ ।

संस्थाले संचालनमा ल्याएकाे माेवाइल बैंकिङ सेवाकाे जिल्ला वचत तथा ऋण सहकारी संघ माेरङका अध्यक्ष साेमनाथ निराैलाले बुधबार एक कार्यक्रमविच उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बेलबारी नगरपालिका वार्ड नं २ का वडाध्यक्ष घनश्याम गाैतम, एन एम वि बैंक बेलबारीका प्रवन्धक ताेर्णबहादुर कार्की, बेलबारी साना सहरी खानेपानी आयाेजनाका अध्यक्ष महेन्द्र सुवेदी, सिंहदेवी अाधारभूत विद्यालयका प्रधानाध्यापक हरिबहादुर कार्की, गाेदावारी विद्या मन्दिरका प्रिन्सिपल डि पि राई, बेलबारी गाविसका पुर्व अध्यक्ष शिव बराल, उद्याेग वाणिज्य संघ बेलबारीका महासचिव राजेशजङ्ग कार्की लगायत संस्थाका पूर्व संचालकहरुकाे समेत सहभागिता रहेकाे थियाे ।

माेवाइल बैंकिङ सेवाकाे उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष साेमनाथ निराैलाले मानिसकाे व्यस्त जीवनशैलीका कारण बैकिङ्ग सेवा लिन कठिनाई भएका सदस्यहरुका लागि याे सेवा ज्यादै प्रभावकारी हुने वताए ।

लालिगुँरास वतच तथा ऋण सहकारीका अध्यक्ष दुर्गा गाैतमले अाफूहरु साधारणसभाकाे निर्णय अनुसार साकाेसलाई प्रविधिमैत्री वनाउदै सदस्यहरुलाइ सरल र भरपर्दाे सेवा दिने क्रममा रहेकाे वताए । अध्यक्ष गाैतमले संस्थाले गत अावमा सम्पन्न तथा चालू आवमा संचालनमा ल्याएका कार्यक्रम र त्यसकाे प्रभावकारिताकाे वारेमा चर्चा गरेका थिए ।

माेवाइल बैंकिङ सेवा र त्यसकाे प्रयाेगकाे वारेमा व्यवस्थापक केशव रुपाखेतीले जानकारी गराउदै संस्थाकाे माेवाईल एप्स मार्फत सदस्यहरुले घरमै वसी- वसी विजुली, नेट लगायत विभिन्न प्रकारका बैङ्किङ सेवा लिन सक्ने जानकारी दिए ।

कार्यक्रममा संस्थाकी उपाध्यक्ष हरिमाया खतिवडाले उपस्थित सबैलाई स्वागत गरेकी थिइन् । संस्थाकाे अध्यक्ष दुर्गाप्रसाद गाैतमकाे अध्यक्षतामा भएको उक्त कार्यक्रमकाे संचालन भने संस्थाका सचिव नारायण आचार्यले गरेका थिए  ।