पथरीस्थित लर्ड बुद्द साकोसले आयोजना गर्यो रक्तदान, ९३ प्रिन्ट रगत संकलन

  • २६ पुष २०७५, बिहीबार

पथरी र मोरङको पथरी शनिश्चरे–२, बुद्ध चौकमा रहेको लर्ड बुद्ध साकोसले बुधबार आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ९३ प्रिन्ट रगत संकलन भएको छ ।

बुधबार रक्तदान जीवन दान नारा नारासहित भएको रक्तदानमा सेयरधनी तथा विभिन्न संघसंगठनका प्रतिनिधिहरुले रगतदान गरेका थिए ।

वि.सं. २०५९ सालमा स्थापना भएको लर्ड बुद्ध साकोसले १० बर्ष अघिदेखि बार्षिक रुपमा निरन्तर रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको र बर्षभरी नै विरामीहरुलाई रगत सिफारिस गर्ने गरेको छ । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा मोरङको प्राविधिक सहयोगमा भएको हो ।

संस्थाले रक्तदान कार्यक्रमको अवसरमा विशेष छुट दिई सदस्य बनाउने कार्यक्रम समेत राखेको र सो सेवाको उपभोग गर्दै २५ जना नयाँ सदस्यहरु संस्थामा थपिएको संस्थाका व्यवस्थापक गणेश बाछाना राईले जनाएका छन् ।