बेलबारी जेसिसकाे तेश्राे पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • २७ पुष २०७५, शुक्रबार

केशु विरही, बेलबारी, माेरङ/ लगातार रुपमा नेपालकै उत्कृष्ठ शाखाकाे रुपमा परिचित बेलबारी जेसिसले शुक्रबार एक कार्यक्रम गरि नयाँ कार्समितिलाई पद हस्तातरण गरेकाे छ ।

बेलबारी नगरपालिका वार्ड नं १ मा रहेकाे सांस्कृतिक भवनमा एक भव्य कार्यक्रम गरेर जेसिसले वर्ष २०१९ काे दिपेन्द्र खुलालकाे नेतृत्वकाे नयाँ टिमलाई पद हस्तान्तरण गरेकाे हाे ।

बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले एक कार्यक्रमविच उक्त पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रमकाे उद्घाटन गरेका थिए ।

कार्यक्रममा बेलबारी नगरपालिका उपप्रमुख ढाकाकुमारी पराजुली, बेलबारी नगरपालिकाका प्रवक्ता याेगेन्द्र सुवेदी, नेपाल जेसिसिका पूर्व केन्द्रीय अध्यक्ष भाेलेश्वर दुलाल, नेपाल जेसिसका कार्यकारी उपाध्यक्ष रविन पाेखरेल, ईन्द्रपुर जेसिसका अध्यक्ष रुद्र थापा, बेलबारी जेसिसका संस्थापक अध्यक्ष माधवराज थापा, युवा विकास समितिका अध्यक्ष रविन थापा, नेकपाका पर्शुराम सुवेदी, नेकाका शम्भु भट्टराई, युवा जागरण अभियानका अध्यक्ष सुजितकुमार बस्नेत, माेरङ नेत्रहिनका अध्यक्ष शावित्रा काेईराला, श्रमिक महिना समूहका अध्यक्ष नितु थापा, लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुकाे उपस्थिती रहेकाे थियाे ।

कार्यक्रमकाे उद्घाटन पश्चात् प्रमुख अतिथी बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले देश विकासमा युवाकाे अहम भूमिका रहने वताउदै समृद्धिकाे मामिलामा नगरपालिका जेसिससँग सहकार्य गरेर अगाडि वढ्न तयार रहेकाे वताए ।

नेपाल जेसिसका पूर्व केन्द्रीय अध्यक्ष एवम उद्याेगपति भाेलेश्वर दुलालले जेसिस सामाजिक संस्था नभएकाे यसले व्यक्तिकाे व्यक्तित्व विकासमा जाेड दिने वताए ।

उनले उद्याेग व्यवसाय नफष्टाएसम्म देश समृद्ध हुन नसक्ने वताउँदै प्रमुख अतिथि रहेका बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीलाई त्यसतर्फ ध्यान दिन अाग्रह गरेका थिए ।

साे अवसरमा खेलमार्फत बेलबारीलाई देशमा परिचित गराउने दुईजना खेलाडी तथा जेसिसकाे कार्यक्रमलाई सफल रुपमा संयाेजन गर्ने दुईजना कार्यक्रम संयाेजकहरुलाई सम्मान गरिएकाे थियाे ।

पदस्थापन कार्यक्रममा निवर्तमान अध्यक्ष राजन प्रसाईले वर्ष २०१९ का अध्यक्षलाई पद तथा गाेपनिताकाे सपथ गराएका थिए । पाैष १४ गते रमिते सामुदायिक वनकाे सभाहलमा सम्पन्न साधारणसभाले दिपेन्द्र खुलालकाे नेतृत्वमा नयाँ कार्य समितिकाे चयन गरेकाे थियाे ।

जेसी राजेश खत्रीले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए भने कार्यक्रम पहिलाे चरणकाे संचालन जेसि राजेन्द्रबहादुर अधिकारी र दाेश्राे चरणकाे संचालन जेसिसका संस्थापक अध्यक्ष माधवराज थापाले गरेका थिए ।