एक दर्जन दृष्टिविहीन विद्यार्थीहरूलाई न्यानो कपडा वितरण

  • ३० पुष २०७५, सोमबार

खम्बुवान राष्ट्रिय मुक्ति मोर्चा मोरङले एक दर्जन दृष्टिविहीन विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ ।

खम्बुवान राष्ट्रिय मुक्ति मोर्चा जिल्ला समिति मोरङका सचिब राजुदेव राइका अनुसार  बेलबारी नगरपालिका वार्ड नम्बर २ लालभित्तीमा रहेको कबिर माध्यमिक विद्यालयमा अध्ययनरत  ती नेत्रहीन विद्यार्थीहरूलाई न्यानो कपडा (ज्याकेट) वितरण गरिएको हो ।

न्यानो कपडा (ज्याकेट) वितरण गर्दै खम्बुवान राष्ट्रिय मुक्ति मोर्चा मोरङका अध्यक्ष  रणेन्द्र थिम्राहाङले आफ्नो पार्टी शोषित पीडित जनताको पार्टी भएकाले आफूहरूले अपाङ्गता भएका छात्रछात्राहरूलाई न्यानो कपडा वितरण गरेको बताए । कविर मावि बेलबारीमा अध्ययनरत १२ जना दृष्टिविहीन विद्यार्थीहरू ज्याकेट पाउँदा निकै खुशी देखिन्थे ।

विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद गौतमले जाडोको मौसममा अपाङ्गता भएका छात्रछात्रालाई ज्याकेट वितरण गर्नु मानवीय काम रहेको बताए । वितरित ज्याकेटका कारण अपाङ्गता भएका विद्यार्थीहरूको पढाइमा ठूलो सहयोग पुग्ने आशा विद्यालयले लिएको उनले बताए ।

न्यानो कपडा वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली पुरी, खम्बुवान मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्षद्वय दिलराम खम्बू र संगम खम्बू रहेका थिए । केन्द्रीय सदस्य किस्तर खम्बू र उमेश खम्बू, नारी मोर्चाका केन्द्रीय अध्यक्ष देशमाया राई, युवा मोर्चाका अध्यक्ष कमल गुरुङ लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।