नयाँ सदस्यहरुलाइ बेलबारी जेसिजले दियो एकदिने तालिम

  • ४ माघ २०७५, शुक्रबार

बेलबारी, माेरङ/  आफ्ना नयाँ सदस्यहरुलाई जेसिजकाे वारेमा जानकारी दिने उद्देश्यले बेलबारी जेसिजले एक दिने तालिम संचालन गरेकाे छ ।

बेलबारी उद्याेग वाणिज्य संघकाे हलमा संचालन भएकाे एकदिने तालिमकाे उद्घाटन बेलबारी उद्याेग वाणिज्य संघका अध्यक्ष एवम् बेलबारी नगरपालिकाका प्रवक्ता याेगेन्द्र सुवेदीले गरेका थिए ।

साे अवसरमा बेलबारी नगरपालिका वार्ड नं १ का वाडाध्यक्ष चक्रबहादुर खुलाल, बेलबारी जेसिजका संस्थापक अध्यक्ष माधवराज थापा, निवर्तमान अध्यक्ष राजन प्रसाईं, अध्यक्ष सल्लाहकार रसिन लामा, जेसिजका मानार्थ सदस्य केदार अधिकारी, ईन्द्रपुर जेसिजका वर्ष २०१९ का अध्यक्ष भूवन ढकाल, नेपाल जेसिजका पूर्व कार्यकारी उपाध्यक्ष समेत रहेका प्रमुख प्रशिक्षक कैलाश खाकी श्रेष्ठ लगायतकाे उपस्थिती रहेकाे थियाे ।

तालिमकाे उद्घाटन गर्दै प्रमुख अतिथि उद्याेग वाणिज्य संघका अध्यक्ष एवम् बेलबारी नगरपालिकाका प्रवक्ता याेगेन्द्र सुवेदीले संस्थामा अावद्ध सदस्यहरुलाई संस्था र आफ्नाे पदीय जिम्वेवारी बुझाउने काम आफैंमा राम्राे रहेकाे वताउँदै उद्याेग वाणिज्य संघ जेसिजसँग सहकार्य गरेर अघि वढ्न तयार रहेकाे वताए ।

बेलबारी नगरपालिका वार्ड नं १ का वडाध्यक्ष चक्रबहादुर खुलालले जेसिजले गरेकाे कामकाे प्रशंसा गर्दै नयाँ नेतृत्वलाई सफलताकाे शुभकामना समेत दिए ।

कार्यक्रमका संयाेजक समेत रहेका जेसिजका कार्यकारिणी उपाध्यक्ष भूवन कार्कीले तालिममा उपस्थित सबैलाई स्वागत गरेका थिए । बेलबारी जेसिजका अध्यक्ष दिपेन्द्र खुलालकाे सभापतित्वमा सम्पन्न कार्यक्रमकाे संचालन भने महासचिव काेषराज श्रेष्ठले गरेका थिए ।