गाउँपालिकामा भ्रष्टाचारजन्य गतिविधि हुन नदिने अध्यक्षको प्रतिबद्धता

  • ७ माघ २०७५, सोमबार

दिपेन्द्र यादव, इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले गाउँपालिकामा भ्रष्टाचारजन्य गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्  ।

सञ्चारकर्मीसंग अध्यक्ष यादवले गाउँपाकाको सेवा प्रवाह र योजना कार्यान्वयनका क्रममा कुनै पनि किसिमको अनियमितता वा ढिला हुन नदिने बताए ।

गाउँपालिकाका कुनैपनि कर्मचारीहरुबाट  गैरकानुनी गतिविधि वा भ्रष्टाचार गरे/भएको थाहा पाएमा सेवाग्राहीहरुलाई सिधै आफुलाई सम्पर्क गर्नसमेत आग्रह गरेका छन् ।

यता अध्यक्ष यादवकाअनुसार गाउँपालिकाका योजना कार्यान्वयनमा प्राविधिकले बिना स्वार्थ काम गर्ने बताए ।