सिद्धार्थ बोर्डिङद्वारा आयोजित दुई दिने स्पोर्ट्स मिट भब्य रूपमा सम्पन्न

  • १५ माघ २०७५, मंगलवार

सुन्दरहरैंचाको खोर्सानेमा अबस्थित सिद्धार्थ बोर्डिङ स्कुलद्वारा आयोजित दुई दिने स्पोर्ट्स मिट २०७५ सम्पन्न भएको छ ।
माघ १४-१५ गतेसम्म विद्यालय परिसर र बाघझोडा खेल मैदानमा भएको स्पोर्ट्स मिटमा प्रत्येक कक्षाका विद्यार्थीहरुबिच प्रतिस्पर्धा गराइएको थियो । कक्षा नर्सरी देखि १२ कक्षासम्मका विद्यार्थीहरुले विभिन्न खेलमा ब्यक्तिगत तथा सामुहिक प्रतिस्पर्धा गरेका थिए ।

माघ १४ गते प्याब्सन मोरङ अध्यक्ष समेत रहनु भएका स्कुलका प्रिन्सिपल अर्जुन बस्नेतले खेलको उद्घाटन गरेका थिए । स्पोर्ट्स मिटमा ५० देखि ८०० मिटरसम्मका दौड, रिले रेस, स्याक रेस, बेलुन रेस, लङ जम्प, हाई जम्प, कबड्डी, सर्ट पुट, सेभ द क्लिप, पार्टनर रिले रेस, पास द अब्सट्याकल रेस आदि खेलहरुमा प्रतिस्पर्धा गराइएको थियोे ।
स्पोर्ट्स मिटका क्रममा अभिभावकका लागि तातो अालु र हण्डी फोड खेल जस्ता प्रतियोगिता समेत गराइएको स्कुलका भाइस प्रिन्सिपल जेबी थुलुङ्ले जानकारी दिए ।

प्रत्येक प्रतिस्पर्धा अन्तरगत कक्षागत तथा खेलको बिधागत रूपमा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीलाई प्रिन्सिपल अर्जुन बस्नेत ,भाईस प्रिन्सिपल जे बि थुलुङ र ब्यवस्थापन प्रमुख निलम ढुंगानाले मेडल र प्रमाणपत्र सहित पुरस्कार दिइएको थियो । स्पोर्ट्स मिटमा एक हजारभन्दा बढीले भाग लिएको स्कुलले जनाएको छ ।