इटहरीमा फेरि बलाकृत भइन् अर्की युवती, तीनजना पक्राउ

  • १७ माघ २०७५, बिहीबार

सुनसरीको इटहरीस्थित तरहराकी एक युवती बलात्कारमा परेकी छिन् ।

घटना केही समय पहिलेकै भएपनि कक्षा ७ मा पढ्ने १५ बर्षिया ती युवतीको तीन महिनाको गर्भ रहेको थाहा भएपछि बलात्कारको घटना सार्वजनिक भएको हो ।  बालिकालाई फकाएर तीन जनाले बेग्लाबग्लै समय र स्थानमा करणी  गरेको खुलेको छ ।

प्रहरी निरीक्षक बुद्धि चौलागाईले दिएको जानकारी  अनुसार कार्तिक अन्तिम हप्तादेखि मंसिर १५ गतेसम्म विभिन्न समय र स्थानमा तीन जनाले युवतीसंग यौन सम्बन्ध राखेका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।