विभिन्न कार्यक्रम सहित बेलबारीमा पनि मनाइयो २३ औं बिश्व सिमसार दिवस

  • १९ माघ २०७५, शनिबार

केशु विरही, बेलबारी, माेरङ/ माेरङकाे बेलबारीमा विशेष कार्यक्रम गरेर २३ औं विश्व सिमसार दिवस मनाईएकाे छ ।

हालसालै गठित माेरङ सिमसार प्रवर्धन तथा संरक्षण समितिकाे आयाेजनामा बिश्व  सिमसार दिवस मनाइएको हाे । बेलबारीस्थित बेतना सिमसारकाे सभाहलमा सम्पन्न उक्त कार्यक्रमकाे उद्घाटन प्रदेशसभा सांसद राजकुमार ओझाले गरेका थिए ।

कार्यक्रममा जिल्ला डिभिजन वन कार्यालय माेरङका डिभिजनल वन अधिकृत विशाल घिमिरे, सव डिभिजन कार्यालय बेलबारीका वन अधिकृत शत्रुघ्नलाल यादव, फेकाेफाेनका उपाध्यक्ष रामकृष्ण राई, वातावरण विद रामचन्द्र अधिकारी, बेतना सिमसार तथा माेरङ सिमसार प्रवर्धन तथा संरक्षण समिथिका अध्यक्ष डम्बर बस्नेत लगायतकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रमलाई संवाेधन गर्दै प्रमुख अतिथि ओझाले वातावरण र मानवविचकाे अनाेन्याश्रित सम्वन्धकाे वारेमा वताउँदै सिमसार संरक्षणमा सबैले लाग्नुपर्ने वताए ।उनले भाैतिक पूर्वाधारका कारणले सिमसार क्षेत्र संकटमा पर्ने हुनाले त्यसकाे अासपासमा भाैतिक संरचना निर्माणगर्दा ध्यान दिनु पर्ने कुरामा जाेड दिएका थिए ।

जिल्ला डिभिजनल वन कार्यालयका डिभिजनल वन अधिकृत विशाल घिमिरेले मानव जीवन र सिमसारकाे महत्वकाे वारेमा प्रष्ट पार्दै सिमसारकाे दिगाे विकासका लागि लागिपर्नु पर्ने कुरामा जाेड दिएका थिए ।

फेकाेफाेन जिल्ला माेरङका उपाध्यक्ष रामकृष्ण राईले मानव बस्तीविस्तारका कारणले सिमसार अतिक्रमण भएकाे, सम्वन्धित निकायकाे यसतर्फ अाँखा पुग्न नसकेकाे अाराेप समेत लगाए ।

साथै पत्रकार तथा वातावरणविद रामचन्द्र अधिकारीले पनि सिमसारकाे महत्वकाे वारेमा आफ्नाे कार्य पत्र प्रस्तुत गरेका थिए ।

वेतना सिमसार तथा माेरङ सिमसार प्रवर्धन तथा संरक्षण समितिका अध्यक्ष डम्बर बस्नेतकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमकाे संचालन भने शान्ति सामुदायिक वनका अध्यक्ष एवम् माेरङ सिमसार प्रवर्धन तथा संरक्षण समितिका सचिव कुलबहादुर गुरुङकाे रहेकाे थियाे ।

बेलबारीदेखि बेतनासम्म र्याली

२३ औं विश्व सिमसार दिवसकै दिन शनिबार  कार्यक्रम सुरु हुनुभन्दा अघि बेलबारीबाट बेतना सिमसारसम्म र्यारीकाे आयाेजना गरिएकाे थियाे । र्यालीमा जिल्लाका १९ वटा सिमसार तथा पर्यटकीय क्षेत्रका प्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे ।