तीनवटा वडामा स्वास्थ्य चौकी स्थापना गर्नेभो बेलबारी नगरपालिकाले
- २४ माघ २०७५, बिहीबार
स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएका बेलबारी नगरपालिकाले ३ वडामा स्वास्थ्य चौकी स्थापना गर्ने भएको छ ।
आम नागरिकको स्वास्थ्यको पहुँच नपुगेका वडा नम्बर ४, ११ र ८ नम्बर वडामा स्वास्थ्य चौकीहरु स्थापना गर्न लागेको हो । नगरवासी कसैले पनि रोगले थला पर्नु नपरोस् भनेर स्वास्थ्य चौकीहरु स्थापना गर्न लागिएको मेयर ज्ञानेन्द्र सुवेदीले बताए । उनले नगरपालिकाले प्रत्येक वडामा स्वास्थ्य शिबिर समेत गर्ने गरेको बताए ।
नगरका वाहुनी, डांगिहाट, कसेनि र बेलबारीमा स्वास्थ्य चौकी छन् । वडा नम्बर ४ र ६ मा २ वटा शहरी स्वास्थ्य केन्द्र स्थापना भई सकेका छन् ।
पाँच प्रकृतिका डेेढ सय विरामीलाई २५/२५ हजार
गत बर्ष नगर कार्यपालिकाको बैठकबाट क्यान्सर, मुटुरोगी, मृगौला प्रत्यारोपण, बोनम्यारो ट्रान्सप्लान्ट, स्पाइनलकड इन्जुरी लगायतका रोग लागेका विरामीहरुलाई सहयोग गर्ने निर्णय गरेको नगरपालिकाले ५ प्रकारका रोगी, विरामीहरुलाई उपचारका लागि प्रतिब्यक्ति २५ हजार रुपैयाँ आर्थिक सहयोग गरीरहेको छ । अहिलेसम्म डेढ सय भन्दा वढीले उपचार सहयोग रकम लगिसकेकाे नगरपालिकाको कार्यालयले जनाएको छ ।





