वरिष्ठ सारांगी बादक हेमन्तले सार्वजनिक गरे मौलिकता झल्काउने गीत ‘रेलको ढोका बन’

  • २५ माघ २०७५, शुक्रबार



करिब डेढ दशकदेखि सांगीतिक क्षेत्रमा क्रियाशील हेमन्त कान्छा रसाइलले पुरानो मौलिकतालाई जगेर्ना गदै “ रेलको ढोका बन” गीतको कभर भिडियो सार्वजनिक गरेका छन् ।
 रेडियो नेपालमा गीत गाएर छुटटै पहिचान बनाएको गायक तथा सारङ्गी बाधक कृष्ण गन्धर्वको उक्त गीतको कभर भिडियो उनले  आफ्नै च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।
यस कभर गीतमा आफ्नै स्वर , सारङ्गी रहेको छ भने अनिल थापा मगरले मादलमा साथ दिएका छन् । पुरानो गीतमा भने कृष्ण गन्धर्वको स्वर , शब्द , संगीत रहेको छ ।
उनको यस भन्दा अगाडि नै ‘भाग्यमानी ‘’ बोलको गीतले हजारौ दर्शक स्रोताको मन जितिसकेको छन् । त्यस्तै हेमन्तले २०६३ सालमा गाएको ‘काँचो सुन्तला‘’ बोलको गीत निकै हिट भएको थियो ।
यसबीचमा उनले करिब दुई दर्जन गीत गाए । उनी लोकगायनका साथै कुशल सारंगी वादकका रूपमा पनि चिनिन्छन् । उनले सात हजारभन्दा बढी गीतमा सारंगी बाजा बजाइसकेका छन् ।