मासिक ३ लाख कमाइ छाडेर स्वदेश फर्केका युवाले बिराटचोकमा खोले गतिलो कफी सप

  • १३ फाल्गुन २०७५, सोमबार

बिष्णु कार्की, बिराटचोक / बिदेशको राम्रो कमाइलाई त्यागेर सुन्दरहरैचाका एक युवाले स्वदेशमै कफी क्लब ल एण्ड रेस्ट्रो खोलेका छन् ।
कोरियाको रोजगारबाट मासिक ३ लाखको कमाइ छाडेर आएका युवा सचिन रैका मगरले बिराटचोकमा सियु क्याफे एण्ड रेस्ट्रो शुरु गरेका हुुन् ।

करिब ३५ लाखको लागतमा सुरु गरेको रेस्ट्रोको फाल्गुन २० गते सिवरात्रीको अवस्वर पारेर उटघाटन गर्ने संचालक सचिनले बताए । त्यसबेला ४ दिनसम्म उदघाटन कार्यक्रम रहेको र उदघाटन कार्यक्रम अवधिभर ४ जनालाई लक्की ड्र मार्फत ३ महिनासम्म निशुल्क कफिको ब्यवस्था गर्ने  रैकाले बताए ।

नेपालमा कफी पारखीहरु बढदै गएको समयमा खोलिएको यस  रेस्ट्रोमा ५० देखि तिनसय रुपैया सम्मको कफी  पाइने रैकाले बताए ।

उनको कफी रेस्ट्रोमा अन्य ९ जना युवाहरूले पनि रोजगारी पाएका छन् । सचिनले शुरु गरेको ब्यबशायले युवाहरुलाई वैदेशिक रोजगारमा नजान र स्वदेशमै केही गर्न अभिप्रेरित गर्ने बिराटचौकका स्थानीय युवा नवराज राइले बताए । – अनलाइन सगरमाथाबाट