आर्मीलाइ झापा गोल्डकपको उपाधी, विराटनगरमा पाँचौं साफ महिला च्याम्पियनसीप हुंँदै

  • २८ फाल्गुन २०७५, मंगलवार

विभागीय टोली त्रिभुवन आर्मी क्लब चौथो झापा गोल्डकप च्याम्पियन बनेको छ ।

सोमबार सम्पन्न फाइनल खेलमा आयोजक झापा ११ लाई ५-३ गोलअन्तरले पराजित गर्दै आर्मीले उपाधि चुमेको हो । उपाधि जितेसँगै आर्मीले नगद १२ लाख ५० हजारसहित ट्रफी हात पारेको छ  । उपविजेता बनेको आयोजक झापाले नगद ६ लाख ५ हजारमा चित्त बुझाउनु प¥यो । झापा गोल्डकपको फाइनलमा झापा र आर्मीको यो तेस्रो पटक भिडेेका हुुन् ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको  प्रतिस्पर्धात्मक फाइनल खेलमा आर्मीले जितका लागि पहिलो हाफमा २ र दोस्रो हाफमा ३ तथा झापाले भने पहिलो हाफमा एक र दोस्रो हाफमा २ गोल गरेका थिए ।  आर्मीका सन्तोष तामाङले ब्यक्तिगत २ गोल तथा  क्याप्टेन भरत खवास, टेकबहादुर बुढाथोकी, नवयुग श्रेष्ठले एक एक गोल गरेका थिए  । झापाका लागि योगेश गुरुङ, विदेशी खेलाडी फ्रान्सिस् र भिक्टोरले गोल गरे ।

प्रतियोगितामा झापाका दिलेन लोक्ताम सर्वोत्कृष्ट खेलाडी घोषित हुुुँदै यामाहाको मोटरसाइकल प्राप्त गरे । सर्वाधीक गोलकर्ता आर्मीका नवयुग श्रेष्ठ भए । उनले नगद २५ हजार प्राप्त गरे । खेलको म्यान अफ दि म्याच आर्मीका सन्तोष तामाङ, उत्कृष्ट गोलरक्षक आर्मीका विकेश कुथु, उत्कृष्ट डिफेन्डर झापाका देवेन्द्र तामाङ, उदयमान खेलाडी झापाका निशान खड्का, उत्कृष्ट मिडफिल्डर झापाका पुजन उपरकोटी र उत्कृष्ट प्रशिक्षक आर्मीका चुनबहादुर थापा घोषित भए । उत्कृष्टहरुलाई नगद २१ हजार रुपैयाँ प्रदान गरियो ।

 पाँचौं साफ महिला च्याम्पियनसीप फुटबल विराटनगरमा शुरु हुंँदै

यसैगरी मंगलबारदेखि बिराटनगरमा पाँचौं साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता शुरु हुुँदैछ ।  प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नेछन् ।

उद्घाटन खेलमा आयोजक राष्ट्र नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका र मालदिभ्स सहभागी हुुुदैैैछन् । नौ वर्षअघि सुरु भएको साफमा हालसम्म नेपाल तीनपटक उपविजेता बनेको छ भने चिरप्रतिद्वन्दी भारतले चारपटक उपाधि हात पारेको छ ।

पाकिस्तानले यस पटक प्रतियोगितामा सहभागिता नजाउने भएको छ । समूह ‘ए’ मा नेपाल, भुटान र बंगलादेश छन् । ‘बी’ मा श्रीलंका, मालदिभ्स र भारत छन् । च्याम्पियनसीप आगामी चैत आठ गतेसम्म सञ्चालन हुने छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) आयोजक रहेको प्रतियोगितामा एक करोड ६५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

नेपालले समूह चरणमा भिड्ने भुटान र बंगलादेशसँग पछिल्लो समय ५ खेलमा हारको सामना गर्नुपरेको छैन । पछिल्लो पाँच खेलमा बंगलादेशसँग चार खेलमा जित र एकमा बराबरी भएको थियो । भुटानविरुद्ध पछिल्लो पाँच खेलमा जित निकालेको नेपाली टोलीले प्रतियोगितामा जितका लागि विशेष तयारी गरेको नेपाली टिमका मुख्य प्रशिक्षक हरि खड्काले बताए ।