सामाजिक क्षेत्रमा उदाहरणीय बन्दै अस्ट्रेलियाको बिएमडब्लु कन्सल्टेन्सी

  • ५ चैत्र २०७५, मंगलवार

 अष्ट्रेलियाको मेलबर्नस्थित बिएमडब्लु एजुकेशनल कन्सल्ट्यान्सीले शुरु निःशुल्क बारिस्टा तालिमबाट दुई बर्षको अबधिमा करिब ७ सय लाभान्वित भएका छन् ।
अन्य देशबाट अस्ट्रेलिया आएपश्चात काम खोज्ने क्रममा स्थानीय कामको अनुभबबारे सोध्ने, तर सोको अभावका कारण धेरैले शुरुमा काम पाउन धेरै संघर्ष गर्नुपर्ने समस्या झेल्नुपर्ने वास्तबिकतालाई ध्यानमा राखेर मेलबर्नको बिएमडब्लु एजुकेशनल कन्सल्ट्यान्सीले सन् २०१७ देखि नयाँँ आउने विद्यार्थीको लागि निःशुल्क बारिस्टा तालिमको व्यवस्था गर्न थालेको थियो ।

कन्सल्टेन्सीले अस्ट्रेलिया आएपछिका अत्यावश्यक र जानकारीमूलक कुराहरु जस्तै सार्वजनिक यातायात सिस्टम, बायोडाटा बनाउने र काम खोज्ने तरिका, ब्यक्तिगत सुरक्षा, अस्ट्रेलियन ट्याक्स र आपतकालिन अवस्थाका तथा रोजगारी गर्दा ग्राहकसँग गर्नुपर्ने व्यबहारका बारेमा तालिम दिने गरेको छ । बिएमडब्लुले नेपालबाट अस्ट्रेलिया जाने विद्यार्थीहरुमा मेलबर्नमा आफ्नो कोही पनि नभएकाहरुलाई लक्षित गर्दै मेलबर्नमा नि:शुल्क पिक अपको पनि ब्यबस्था गर्दै आएको छ ।

यो त्यही संस्था हो जसले अस्ट्रेलियाको मेलबर्नमा क्रिकेट  खेलाडीहरुलाई प्रोत्साहित गर्ने अभिप्रायले यो बर्षदेखि दुई हजार डलर राशीको बिएमडब्लू कप  प्रदान गर्न शुरु गरिसकेको छ ।

सेवा अबधि दुई बर्ष पुग्न लागेको अबसरमा कन्सल्टेन्सीले पछिल्लो तालिमका सहभागीहरुलाई वुद्ध नेपालमा जन्मेको सन्देश सहितको टिशर्ट उपहार प्रदान गरेको छ ।    हिमालयन एक्सपेेेेरियन्स ट्राभल्स का तर्फबाट उपलब्ध गराइएका ती टिसर्टहरु लुम्बिनी-कपिलवस्तु दिवस  अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठको प्रदान गरेका थिए ।
लुम्बिनी कपिलवस्तु दिवस अभियानका विश्व संयोजक श्रेष्ठले राष्ट्र संघले तयार पारेका दुई गुरु योजना कार्यान्वयन गर्नेतर्फ नेपाल सरकार नलागेको आरोप लगाउँदै लुम्बिनीको यथोचित बिकास गरी गम्भिरतापूर्बक ठोस योजनाका साथ अगाडि बढ्ने हो भने वार्षिक डेढ अर्ब डलरभन्दा बढी आम्दानी गर्न सकिने र बिश्व  शान्तिमा ठुलो योगदान दिन सकिने बताए  ।
पछिल्लो बारिष्ठा तालिममा ८ जना विद्यार्थी सहभागी थिए । यो तालिममा प्रशिक्षकको भूमिका न्यू कन्सेप्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत कृष्ण सापकोटाले निर्बाह गरेका थिए ।