सानाकिसान सहकारीसँग मिलेर कृषकहरुलाई धानको विउ दिंँदै बेलबारी नगरपालिका

  • ७ जेष्ठ २०७६, मंगलवार

उत्तम पोख्रेल, बेलबारी मोरङ / मोरङको बेलबारी नगरपालिकाले कृषकहरुलाई  धानको विउ वितरण गर्न थालेको छ ।

साना किसान सहकारी सस्थाको सहकार्यमा नगरपालिकाले धानको बिउ बांँड्न थालेको हो । रजित तथा सुख्खा ३ जातको विउ वितरण गर्न थालिएको नगरपालिकाले जनाएको छ । किसानले २० किलोसम्म धानको विउ पाउने साना किसान सहकारी संस्थाले जनाएको छ ।

नगरपालिकाको २ लाख ५० हजार र साना किसान सहकारीको १ लाख ५० हजारमा छ हजार किलो धानको विउ वितरण गर्न लागिएको छ । खेति गर्ने समयमा धानको विउ अभावमा खेत वांँझै नहुन् भनेर विउ वितरण गरिएको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । बेलबारीमा विउ विउविजन अभावमा खेति बाझो हुन नदिने समेत उनले बताए ।

विउ पाएपछि कृषकहरुले समेत राहत पाएको महसुस गरेका छन । घरमा राखेको विउ कति उम्रदैन थियो कृषक गिरिनाथ दाहालले भने ‘गत बर्ष पनि नगरपालिकाले दिएको विउ राम्ररी उम्रियो र उत्पादन पनि राम्रो भयो ।’ समयमै नगरपालिकाले बीउ दिएपछि कृषक खुसी भएका छन । पानी पनि परिरहेको छ, कृषक दुर्गा वरालले भनिन् ‘विउ समेत छिटो आएकोले राहत मिलेको छ ।’

गत बर्ष पनि  नगरपालिकाकै सहयोगमा फलफुलका विरुवा तथा धानको विउ वितरण गरिएको साना किसान सहकारी संस्था बेलबारीका ब्यबस्थापक बाबुराम खड्काले बताए ।