साथी बचत तथा ऋण सहकारी संस्था धनकुटाको नयाँ समिति चयन

  • ७ जेष्ठ २०७६, मंगलवार

साथी बचत तथा ऋण सहकारी संस्था धनकुटाको १० औं साधारण सभाबाट नयांँ कार्यसमिति निर्वाचित भएको छ ।

साधारणसभाले अध्यक्षमा जयन्द्र प्रधान, उपाध्यक्षमा रोशेष श्रेष्ठ,सचिवमा विजय सन्तोषी राई, सहसचिवमा असिम शाक्य र कोषाध्यक्षमा  रुपेश श्रेष्ठलाई चयन गरेको हो ।

त्यसैगरी सदस्यहरुमा टेक वहादुर श्रेष्ठ, सावित्रि श्रेष्ठ, कुमार श्रेष्ठ, कुसुम श्रेष्ठ, सुतजा श्रेष्ठ चयन भएका छन् ।  लेखा समिति संयोजक शैलेसमान श्रेष्ठ, सदस्य रोशन श्रेष्ठ, ऋण समितिका पूर्व सदस्य किरण श्रेष्ठ चयन भएका छन् ।

निर्वाचन समितिका संयोजक तथा पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले एक कार्यक्रमबिच प्रमाण पत्र वितरण गरेका छन्  । संयोजक राजेश्वर वहादुर श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको पद हस्ततान्तरण कार्यक्रमको संचालन सहकारीका व्यवस्थापक मनोज डंगोलले गर्नु भएको थियो ।