मेयर कप : बेलबारी रातो सुन्दरहरैचासँग पराजित, मिक्लाजुङलाई हराउँदै पथरी बिजयी

  • १७ असार २०७६, मंगलवार

मोरङको बेलबारीमा जारी मेयर कप प्रतियोगितामा आफ्नै खेल मैदानमा आयोजक बेलबारी रातो सुन्दरहरैचासँग पराजित भएको छ ।

यस्तै दोस्रो खेलमा पथरी शनिश्चरे नगरपालिकाले मिक्लाजुङलाई शुन्यका विरुद्ध ३ गोल गरेको छ ।

सोमवार भएको पहिलो खेलमा सुन्दरहरैचाले खेलको अन्तिम समयमा १ गोल गरेको थियो  । सुजन चौधरीले गरेको गोलले नै सुन्दरहरैचाको सेमिफाइनल यात्रा तय भएको छ ।

प्रतियोगितामा केराबारी, लेटाङ, विराटनगर, कानेपोखरी, उर्लाबारी, सुन्दरहरैचा, रतुवामाई, ग्रामथान, मिक्लाजुङ र पथरीशनिश्चरेका ११ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताका विजेताले नगद १ लाख ५१ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पाउने छन् ।

प्रत्येक खेलमा म्यान अफ द म्याचले २ हजार ५ सय, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिल्ड फिल्डर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट स्ट्राइकर, हाइ स्कोरर, उत्कृष्ट प्रशिक्षक र सर्वाेत्कृष्ट खेलाडीलाई नगद ७ हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।