कतारमा एनआरएन महाधिवेशनको रन्को, ३६ पदाधिकारीका लागि ६३ जना भिड्दै

  • ५ भाद्र २०७६, बिहीबार

गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कतारको शुक्रबार हुने आठौं राष्ट्रिय महाधिवेशनमा ११ पद र ३६ पदाधिकारीका लागि ६३ जनाबिच प्रतिस्पर्धा हुने भएको छ ।

यहि २३ अगस्ट शुक्रबारका दिन नेपाली दूतावासको सभाहलमा हुन गइरहेको महाधिवेशनबाट १४ पदमा ३६ जना निर्बाचित हुने छन्  । २ साता अघि निर्बाचन समितिले अन्तिम नामावली प्रकाशित गरी १४ वटा पदको लागि ६३ जनाको उम्मेदवारी परेको जनाएको थियो । यस अघि ६९ जनाले मनोनयन दर्ता गराएकोमा ६ जनाले आफ्नो मनोनयन फिर्ता लिएका थिए ।

चारजना निर्बिरोध

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको २०१९-२०२१ कार्यकालको लागि ३ वटा पदमा ४ जना निर्बिरोध भएका छन्  । यसरी निर्बिरोध हुनेहरुमा तृतिय उपाध्यक्ष सरिता भन्डारी (स्याङ्जा), महिला संयोजक अम्बिका खत्री (तनहुँ), लेखा समिती सदस्यहरु पुरुषोत्तम लामिछाने (गोरखा) र कबिन्द्र कडेल (धादिङ) छन् ।

नेतृत्वका लागि कटुवाल र मुसलमानबिच कडा प्रतिस्पर्धा हुँदै 

त्यसैगरी अध्यक्षमा तेज कटुवाल (सुनसरी) र मुक्तदा मुसलमान (कपिलवस्तु) बिच कडा प्रतिस्पर्धा हुने भएको छ । यसैगरी १८ पदको कार्यसमिति सदस्य पदमा ३२ जनाको जनाको उम्मेदवारी परेको छ । आइसिसी सदस्यमा ४ जनाको ठाउंँमा ७ जनाबिच प्रतिस्पर्धा हुने भएको छ ।

त्यसैगरी लेखा संयोजकमा १ जनाको ठाउमा २ जनाको उम्मेदवारी परेको निर्बाचन समितिले जनाएको छ । कतारमा ४१ सय ३४ परिषद सदस्य छन्  । एनआरएनएको बिश्व सम्मेलन आगामी असोज २४ गते देखि २७ गते सम्म काठमाडौमा हुने निधो भएको छ  ।