सुन्दरहरैंचा सिङ्गगिङ आइडलको सेमिफाइनल सम्पन्न, उत्कृष्ट १० जना छनौट

  • २२ भाद्र २०७६, आईतवार

सुन्दरहरैंचा सांस्कृतिक परिवारले पहिलाे पटक आयाेजना गरेकाे सुन्दरहरैँचा सिङ्गिङ आइडलकाे सेमिफाइनल  चरण सम्पन्न भएको छ ।

डाक्टर डेबिट क्याफे एण्ड स्पाेट बारमा आयाेजना भएको साे सिङ्गिङ आइडलकाे सेमिफाइनलकाे टप टेन अर्थात  १० उत्कृष्ट प्रतिस्पर्धी छनाेट भएका हुन्  । टप टेनमा पर्न सफल उत्कृष्ट प्रतिस्पर्धीहरुमा आयुस विष्ट ,स्वरुप खतिवडा , सुमन उराव,एलिस विष्ट, स्वतिका परियार , सुनिल अधिकारी , निसान्त तामाङ ,सागर तामाङ,क्षितिज महरा , समीक्षा घिमिरे रहेका छन् ।

कार्यक्रमका प्रविधिक सहयाेगी जेवि थुलुङले दिएको जानकारी अनुसार सुन्दरहरैंचा सिङ्गिङ आइडलकाे लागि जम्मा १ सय ८५ जना प्रतिष्पर्धीले भाग लिएका थिए । जसमा जुपिटर स्कुलमा भएको अडिसनमा ८५ जनाले भाग लिएकाेमा ५१ जना, सिद्वार्थ स्कुलमा भएको अडिसनमा १ सय जनाले भाग लिएकाेमा ४७ जना र व्यापार संघमा ९८ जनाले भाग लिएकाे ४५ जना छनाेट भएर सेमिफाइनलबाट टप टेनमा पर्न सफल भएकाे आयाेजक संस्थाका सदस्य निरजकुमार ढकालले बताए । सेमिफाइनलबाट उत्कृष्ट १० छनौट भएकोमा उनीहरुलाई दुई हप्ता पूर्ण प्रशिक्षण गराई आगामी असोज ११ गते फाइनल कार्यक्रम गरिने कार्यक्रमका व्यवस्थापक प्रल्लाद थापाले जानकारी दिए ।

समाजका लागि कला, कलाका लागि समाज भन्ने नारा सहित आयोजना गरिएको  साे सिङ्गिङ आइडलकाे सेमिफाइनलमा बरिस्ठ कलाकार राम धामी , शेखर थापा, भीम वस्नेत र रमेश कार्की निर्णायक थिए ।

जेसिज भवनमा आधुनिक साउन्ड र लाइट सिस्टमका साथ लाइभ वाद्यवादनमा फाइनल गायन प्रतिस्पर्धा गराई विजेतालाई ट्रफी र प्रमाणपत्र सहित २५ हजार रुपैयाँ,  सह विजेतलाई ट्रफी र प्रमाणपत्र सहित १५ हजार र उपविजेतालाई  ट्रफी र प्रमाणपत्र सहित १० हजार रुपैयाँ पुरस्कार दिइने  आयाेजकले जनाएका छन्  ।