सातवटै प्रदेशका उत्कृष्ट कृषकहरु कृषि अवार्डबाट सम्मानित 

  • ३१ भाद्र २०७६, मंगलवार

 नेपालमै पहिलो पटक सातवटै प्रदेशका उत्कृष्ट ७ कृषकहरुलाई ‘कृषक अवार्ड’ बाट सम्मानित  भएका छन् ।
विगत एक दशदेखि विभिन्न समाजिक कार्य संलग्न शिखर नेपालको आयोजनामा एक समारोहका विच राष्ट्रिय सभा गृहमा नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेरलले ७ प्रदेशका ७ जना उत्कृष्ट कृषकहरुलाई “राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६” बाट नगद पुरस्कारसहित सम्मान गरेका हुन्  ।
सो सम्मानबाट प्रदेश १ बाट विशाल राई, (विशाल कृषि फर्म, विर्तामोड) प्रदेश २ बाट रामआशिष प्रसाद गुनियाँ (श्री कृषि फर्म सेन्टर पर्सा), प्रदेश ३ बाट नवराज आचार्य ( वाग्मति गोट फिड्स प्रा.लि.धार्के धादिगं), प्रदेश ४ बाट घनश्याम तिमिल्सीना (हेम्जा गाई फर्म कास्की), प्रदेश ५ बाट दलबहादर खत्री (लेकाली व्यवसायिक बाख्रा पालन तथा दाना उद्योग प्युठान), प्रदेश ६ बाट डिल्लीबहादुर नाथ (डाफेँ भैसी पालन फर्म, रुकुम पश्चिम) र प्रदेश ७ बाट ठगुनुदेवी चौधरी (कार्प ह्याचरी, कैलाली) सम्मानित
भएका छन् । उनीहरूलाई जनही  १५/११५ हजार रुपैयाँ र अर्वाड र सम्मानपत्रसहित फुलमालले सम्मानित गरिएको थियो ।
कृषकहरुलाई प्रोत्साहनसगैँ उनीहरुको क्षमताको कदर गर्ने उद्देश्यसहित ‘राष्ट्रिय शिखर कृषक अवार्ड’–२०७६’ प्रदान गरिएको शिखर का अध्क्ष शेखर खनालले बताए । सरकारकै सहकार्यमा प्रदान गरिएको यो अर्वाडले कृषि क्षेत्रको विकासमा थप टेवा पुग्ने र कृषकको हौसला बढ्ने उनले बताए ।

“शिखर नेपालको राष्ट्रिय अभियान–कृषकहरुको सम्मान” भन्ने नारासहित कृषि तथा पशुपंछी विकास मन्त्रालयको समन्वयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र पुशपंछी विभागको सकृयता विगत १ दशकदेखि समाजिक सेवा लोकप्रिय संस्था शिखर नेपालको आयोजना सो अर्वाड प्रदान गरिएको हो ।
कृषि तथा पशुपंछि विकास मन्त्रालयको समन्वयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र पुशपंछी विभागको सकृयतामा मुलुकभरका कृयाशिल कृषकहरुको संकलित आवेदनलाई विज्ञ निर्णायक समितिले अध्ययन गरी मूल्यांकन गरि सातै प्रदेशबाट उत्कृष्ट कृषकहरुको नामावली यसअघि नै सार्वजनिक गरिएको थियो ।

अन्य अवार्डहरुबाट दर्जनौं ब्यक्ति सम्मानित 
यस्तै शिखर व्यक्तित्व सम्मान २०७६ बाट
ऋषि न्यौवान, देवीलाल शर्मा, विश्वमणी घिमिरे, स्वयम्भू कृष्ण श्रेष्ठ, डा. वंशी शर्मा, माधव राज खरेल, मञ्जु खाँड, ऋतुराज सापकोटा, हरि भण्डारी र गणेश प्रसाद सुवेदी समानित भएका छन्  । यसैगरी  शिखर रनर अवार्ड २०७६ बाट  भिष्मराज फलारा, निशु झा, गंगा ढकाल, सुनिता वस्नेत, ठण्ड बहादुर अधिकारी र सिद्धार्थ वनस्थली ईन्टिच्यूट सममानित भएका छन् । शिखर राष्ट्रिय व्यक्तित्व सम्मान २०७६ बाट सुक बहादुर रोका, रमेश पौडेल, शान्तिप्रिय, डि.पी आत्रेय, जीतु नेपाल सम्मानित भएका छन् ।
यस्तै शिखर राष्ट्रिय व्यक्तित्व सम्मान २०७६ बाट डा सुशिल भट्ट (सदस्य–राष्ट्रिय योजना आयोग),  शिखर राष्ट्रिय व्यक्तित्व वर्ष सम्मान २०७६ बाट डा. योगेन्द्र कुमार कार्की (सचिव–भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश ३ ), शिखर राष्ट्रिय व्यक्तित्व वर्ष सम्मान २०७६ बाट राम कुमारी चौधरी (राज्यमन्त्री–कृषि तथा पशुपंक्षि मन्त्रालय) र  शिखर राजनैतिक व्यक्तित्व वर्ष सम्मान २०७६ बाट  महेश बस्नेत (पूर्वमन्त्री एबं प्रतिनिधी सभा सदस्य–भक्तपुर क्षेत्र नः २) सम्म्मानित भएका  छन् ।
यस्तै सोही अवसरमा शिखर ईन्करेजमेन्ट कृषक अवार्ड बाट अनन्त बहादुर खड्का, जनकल्याण सामाजिक विकाश अनुसन्धान केन्द्र नेपाल, ललितपुर र शिखर कर्मशिल कृषक अवार्डबाट सुकमाया तामाङ र चितवनकी लक्ष्मी राणा समेत सम्मानित भएका छन् ।