एनआरएन अध्यक्षमा कुमार पन्त बिजयी, नेकपा समर्थित प्यानलकै बाहुल्यता
कसले कति मत ल्याए ?
- १ कार्तिक २०७६, शुक्रबार
जर्मनीमा होटल व्यवसाय गरिरहेका पन्त गोरखाका हुन्। अध्ययनका सिलसिलामा बेल्जिमय पुगेका उनी त्यहाँबाट होटलमा काम गर्न जर्मनी पुगेका थिए। जर्मनीमा हाल उनी र गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीबा लामिछानेको लगानीमा तीन दर्जन होटल संचालनमा छन्।
गोरखा घर भएका पन्त सन् सन् १९९९ देखि जर्मनीमा छन् । पन्त यसअघि एनआरएनएको दुई कार्यकाल उपाध्यक्ष थिए ।
मत मरिणाम अनुसार उपाध्यक्षमा बद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनम लामा, मन केसी र रविना थापा विजयी भएका छन् ।
त्यसैगरी महासचिवमा हेमराज शर्मा, कोषाध्यक्षमा पन्त समूहकै महेशकुमार श्रेष्ठ विजयी भएका छन् । सचिवमा गौरी जोशी, आरके शर्मा विजयी भएका छन् । यस्तै सह–कोषाध्यक्षमा लोक दाहाल र भुमा लिम्बु विजयी भएका छन् ।
निर्वाचनमा नेकपा निकटबाट कुमार पन्त र कांग्रेस निकटबाट कुल आचार्यले प्यानल नै बनाएर चुनाव लडेका थिए ।
आगामी दुई वर्षको नेतृत्व चयनका लागि बिहीबार भएको निर्वाचनमा दुई हजार ५ सय ७० मत मध्ये २ हजार ३ सय ४० मत खसेको थियो ।
कसले कति मत ल्याए ?
अध्यक्षमा कुमार पन्त-१२१७, कुल आचार्य १०७० मत ।
उपाध्यक्षमा डा. बद्री केसी (११६३ मत), अर्जुनकुमार श्रेष्ठ (१०२६ मत) , मन केसी (९६१ मत) र सोनाम लामा (८९८ मत) सहित बिजयी । डा. केशव पौडेल (८७०), नरेन्द्रबहादुर भाट (७५९), धर्मराज अधिकारी (७५५), किरणविक्रम थापा (४२३) र हिक्मतबहादुर थापा (४१४) पराजित ।
महिला उपाध्यक्षमा रविना थापा १ हजार २ सय ३२ मत सहित बिजयी, सपिला राजभण्डारी ८ सय ६३ मत ल्याइ पराजित ।
महासचिवमा डा. हेमराज शर्मा १ हजार १ सय ३९ मत ल्याएर विजयी म जानकी गुरुङ (१०५३) पराजित ।
दुई सचिवपदका लागि सात जना भिडेकोमा गौरीराज जोशीले ९ सय १६ मत र आरके शर्माल ८ सय ६८ मत ल्याइ निर्वाचित, शिवकुमार बरुवाल (५७९), अभिमान सिंह बस्नेत (४९९), सुष्मा लिम्बु (४४१), दीपकप्रसाद ओली (२७०) र विनय अधिकारी (२६८) पराजित ।
कोषाध्यक्ष पदमा महेशकुमार श्रेष्ठ १ हजार ६ सय ५३ मत सहित विजयी, अर्का प्रत्यासी सुदन थापा ५ सय ४७ मत ल्याइ पराजित ।
सह–कोषाध्यक्षमा लोकप्रसाद दाहाल १ हजार १ सय ८४ मत ल्याइ विजयी, गोविन्दप्रसाद गौतमले ८ सय ५२ मत ल्याइ पराजित ।
त्यस्तैगरी महिला संयोजक पदमा भोमादेवी लिम्बु ७ सय २ मत ल्याइ विजयी, जुनु गुरुङ (४०७) , प्रमिला खड्का बस्नेत (३७५) र संगिता मरहठ्ठा शर्मा (६५२) पराजित ।
युवा संयोजक पदमा हिमाल गुरुङले ७ सय ६८ मत ल्याइ विजयी, सुदिप कार्की ६ सय ५५ र स्वतन्त्र प्रताप शाह ७ सय ३३ मत ल्याइ पराजित ।