पर्यटन र साहित्यलाई जोड्ने अभिप्रायले जेफाले फेदीमा साहित्यिक कार्यक्रम

  • ४ कार्तिक २०७६, सोमबार

युवराज ठकुरी, केराबारी

रहरहरु भरेर मनको आँखामा घुम्दै घुम्दै आइपुग्छ     देशको आगनमा – पर्यटक
जतिबेला हरेक साँझ – बिहान चुल्ठोमा गुराँस सिउरेर देशले पर्खिरहेको हुन्छ पर्देशी पाहुनाहरुको आगमन

उदयपुरका कवि जीवन आरोही पर्यटक शीर्षकको कविता पर्यटकीय ठाउँ जेफालेको फेदीमा यसरी प्रस्तुत गरिरहेका थिए।
कात्तिक २ गते उत्तरी मोरङको केराबारी-२ बिहिबारेमा पर्यटन र साहित्य जोड्ने अभिप्रायका साथ तिहारको शुभकामना आदानप्रदान ,रचना वाचन र रेमिटल्यान्ड उपन्यास माथि अन्तरङ्ग कार्यक्रम सम्पन्न भएको हो।
जेफाले र बिहिवारे बजारलाई पृष्ठभुमि बनाएर गरिएको उक्त कार्यक्रमा २ नं. वडाका वडा सदस्य प्रमुख अतिथि दिलिपकुमार ठकुरी,अतिथिहरु महाभारत बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक मनोज अधिकारी, फाइबा आधारभूत विद्यालय प्र.अ राजेन्द्र लिम्बू , शिक्षक राजु खड्का , जेफाले होमस्टेका अध्यक्ष युभराज खड्का ,राजेश किराँतीले मन्तव्य राखेका थिए । कार्यक्रमा लिला लिम्बूले गीत गाएर मनोरञ्जन दिलाउनुका साथै अन्य अतिथि स्रष्टाहरु कविन्द्र लिम्बू ,श्रीमन खजुम, लोकेन्द्र मगर ,गजलकार ज्ञानु राई, विशिष्ट अतिथिहरु कवि प्रकाश दिप्साली ,कवि राज माङ्लाक र कवि देवान किराँतीले रचना प्रस्तुत गरेका थिए।
कार्यक्रममा उपन्यासकार श्याम सिंघकको उपन्यास रेमिटल्यान्ड माथी उपन्यासकार स्वयम् र कवि राज माङ्लाकले धारणा प्रस्तुत गरेका थिए।

जेफालेको फेदीमा पर्यटन र साहित्यलाई जोड्ने अभिप्रायले निरन्तर साहित्यिक कार्यक्रम हुँदै आएको छ। भीम ठकुरीको सभापतित्व र युवराज ठकुरी अज्ञानीको संन्चालनमा भएको कार्यक्रममा यदुनिधी अधिकारीले स्वागत मन्तव्य राखेका थिए।