ब्लड क्यान्सर पीडित नवीनलाई कतार र इजरायलमा रहेका मनकारीहरुले गरे सहयोग

  • २५ कार्तिक २०७६, सोमबार

भक्तपुरको सुर्यविनायक नगरपालिका वाड न.२ बसोबास गर्ने १९ वर्षका ब्लड क्यान्सर पीडित नबिन पाण्डेलाई उपचारका लागि कतार र इजरायलमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

आर्थिक अवस्था कमजोर भएका र हाल सिभिल हस्पिटलमा उपचाररत उनलाइ कतारमा रहेका सामाजिक अभियन्ता तथा सञ्चारकर्मी सरोज बास्तोलाको पहलमा बास्तोला दाजुभाइ दोहा कतारबाट रु १५ हजार संकलन गरिएको थियो ।

त्यसैगरी  इजरायलमा रहेकी सामाजिक अभियान्ता सरीस्मा बरालबाट ५ हजार, सामाजिक अभियान्ता पबित्रा गौतमबाट ३ हजार, नवराज भट्टबाट रु १ हजार गरी जम्मा रु २४ हजार सहयोग रकम सिभिल हस्पिटल पुगेर पबित्रा गौतम अनि सुजा बास्तोला मार्फत बिरामी नवीन पान्डेलाई हस्तान्न्तरण गरिएको छ ।