शताब्दी पुरुष सत्यमाेहन जाेसीको योगदान सम्झंँदै बेलबारीमा गरियो साहित्यिक कार्यक्रम

  • १५ मंसिर २०७६, आईतवार

बेलबारी, माेरङ/ शनिवार बेलबारीमा संस्कृतिविद एवम् वाङ्ममय शताब्दि पुरुष सत्यमाेहन जाेसीकाे जीवनमा आधारित अन्वेशक तथा कवि अनिल पाैडेलकाे नयाँ कृति “जुरेली दर्शन”काे चर्चापरिचर्चा भएकाे छ ।

कवि अनिल पौडेलले लिखित शताब्दीपुरुष संस्कृतिविद जोशीको जिवनिमा आधरीत पुस्तक “जुरेली दर्शन” नामक पुस्तकको परिचर्चा तथा रचना बाचन कार्यक्रमले बेलबारीलाई शनिवार साहित्यमय बनाएकाे थियाे ।

१०० बर्षीय सत्यमाेहन जाेसीकाे चिनारीका आयाम, सास्कृतिक संस्थाको जन्म कथा, अरनीकोको खोजी, सस्कृतिविद बनाउने सिज्जा, साधनका शिखर, जुरेली दर्शन र परिशिष्ट शिर्षक दिएर २ सय ४८ पृष्ट लामो पुस्तक तयार भएकाे छ ।

जुरेली दर्शनमा जोशीले पाएको मदन पुरस्कार देखि महेन्द्र गुफा पत्ता लगाएको सन्दर्भ सामग्रीहरु समेटिएका छन् । यश कृतिमा जोशीले पाएका सम्मान तथा उनका ग्रन्थहरुको समेत चर्चा गरिएको छ । जाेशीको पठन पाठन देखी पाएका पुरस्कारहरु समेत पुस्तकमा सचित्र उतारिएको छ ।

पुस्तको पचिार्चा कार्यक्रममा प्रमुख अतिथि बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी रहेका थिए । प्रमुख अतिथिको रुपमा कार्यक्रममा उपस्थित सुवेदीले जोसीबाट देशले धेरै कुरा सिक्नु पर्ने बताए । भाषा साहित्यका क्षेत्रमा पुयाएको योगदान देशले कहिल्यै बिर्षन नहुने समेत उनले बताए । कार्यक्रममा साहित्यकार मिश्र बैजयन्ती र ईरान राईले पुस्तकमा मथि चार्चा गरेका थिए भने उक्त अवसरमा स्रष्टाहरुकाे रचना बाचन समेत रहेकाे थियाे ।

कार्यक्रममा बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुली, अनिल पाैडेल, देवी पन्थी, अाचार्य अ, टीका अात्रेय, देवान किराँती, तीला लेकाली, लगायतका दुई दर्जनभन्दा वढी नाम चलेका स्रष्टा तथा साहित्यप्रेमीहरुकाे सहभागिता रहेकाे थियाे ।

बेलबारी साहित्य विकास समितिका अध्यक्ष रेखा सुवेदीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे संचालन भने संस्थाका सचिव धनजित पराजुलीकाे रहेकाे थियाे ।