गीत सृजना गर्दागर्दै ग्रामीण परिवेशको चलचित्र बनाउनतिर लागे धनकुटाका श्रीमन खजुम

  • १७ मंसिर २०७६, मंगलवार

युवराज ठकुरी / केराबारी,मोरङ / मोफसलमा बसेर पनि निरन्तर गीतसंगीत र साहित्यको क्षेत्रमा लागिरहेका चौविसे गाँउपालिका- ८ धनकुटाका श्रीमन खजुमले नेपाली कथानक चलचित्र ‘प्रतिघात’ ल्याउने भएका छन् ।

विभिन्न गीत मार्फत सांगीतिक क्षेत्रमा प्रवेश गरेका उनले पहिलो पल्ट नेपाली कथानक चलचित्र निर्माण गरेका हुन । चलचित्रमा उनकै गीतको म्युजिक भिडियोमा अभिनय गरेका उत्तरी मोरङको केराबारी-२ सिंहदेवीका राजेश लिम्बू नायकका रुपमा रहने छन्  । चलचित्रमा आशा लेप्चा नायिकाका रहने निर्माता खजुमले बताए ।

त्यसैगरी चलचित्रमा खलनायकको भुमिकामा अन्जान लिम्बू उभिएका छन। आमाको भुमिकामा उत्तरी मोरङ केराबारी – २ सिंहदेवीकै हरिकला खाण ठकुरीलाई प्रस्तुत गरिएको छ।
फिल्मको निर्देशन तथा छायांकन हिकस राईले गरेका छन् ।अवृता राईद्वारा लिखित चलचित्रको कथा सम्पादन हिकस राईले गरेका छन् । फिल्ममा पर्वत पत्झड र प्रभाकर राईको स्वर र संगीत रहेेेका गीतहरु समाबेश छन् ।

चलचित्रमा समसामयिक वस्तुस्थितिको चित्रण गरिएको र युवाहरुका कथा ब्यथा प्रस्तुत गरिएको नायक राजेश किराँती लिम्बूले बताए। फिल्मको छायांकन पर्यटकीय ठाउँ मोरङ केराबारी-२ को सिंहदेवी र दमकमा गरिएको छ।