कतारमा मृत्युडण्ड कुरिरहेका सुन्दरहरैंचाका सुनिललाई बचाउन ‘सहयोगी नेपाल’ मार्फत दिइयो २५ लाख

  • २१ मंसिर २०७६, शनिबार

सरोज बास्तोला, कतार । विनोद रानाभाट बचाउ अभियानमा बिभिन्न देशहरुबाट संकलन भएपनि उनको लागि खर्च गर्नु नपर्ने भएपछि  मौज्दात रहेकोे एक करोड एक्काईस लाख त्रिहत्तर हजार रुपैयाँमध्येबाट २५ लाख रुपैयाँ कतारको जेलमा रहेका मोरङ्ग सुन्दरहरैचाका सुनिल उराउको जीवन रक्षाकाे नीम्ति हस्तान्तरण गरिएको छ ।

चार बर्षअघि सामान्य वादविवादमा धकेल्दा लडेर एउटै कोठामा बस्ने झापाका रेवत रावलको ज्यान गएपछि त्यसबेला नै पक्राउ परेका सुनिललाई दोषी ठहर गर्दै कतारको एक अदालतले मृत्युदण्ड दिने फैसला गरेको थियो । अदालतले मृत्युदण्डबाट वच्न निर्धारित अबधिभित्र ३५ लाख ब्लड मनी तिर्नुपर्ने फैसला गरेको थियो । तर रकम नजुट्दा उनी मृत्युडण्ड पर्खेर जेलमा बसेका थिए ।

रानाभाटको लागि खर्च नभई मौज्दात रहेको रकम आपत बिपतमा परेका १० जनालाई रकम दिने ‘सहयोगी नेपाल’ ले निर्णय गरेको थियो । सोही बमोजिम उरावको जीवन रक्षाको लागि सो रकम दिइएको बताइएको छ ।  

विभिन्न संघ संस्था तथा अभियन्ताहरु मार्फत संसारभरबाट सो रकम संकलन भएको थियो । वैदेशिक रोजगारका क्रममा गम्भीर स्वास्थ्य समस्यामा परेका र अन्य आर्थिक समस्यामा परेका तोकिएको मापदण्डमा परेकाहरुलाइ दिने ‘सहयोगी नेपाल’ ले निर्णय गरेको थियो ।

सो रकम सहयोगी सस्था नेपाल मार्फत शनिबार चितवनमा एक कार्यक्रम गरी  सुनिलको परिवारलाई वितरण गरीएको कतारमा रहेका अभियन्ता निर्मल बरालले जानकारी दिए ।

पहिलो चरणमा १० जना पीडितलाई रकम दिने निर्णय बमोजिम  एक जनालाई यसअघि नै सहयोग गरिसकिएको र अन्य आठ जनालाई आवश्यकता अनुसार सहयोग गरिने  ‘सहयोगी नेपाल’ ले जनाएको छ ।